७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लवका जिल्ला सदस्यद्वारा पार्टी परित्याग

उदयपुर- प्रतिबन्धित समूह नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका एक जिल्ला कमिटी सदस्यले पार्टी परित्याग गरेकी छिन्। गत १० गते घरैबाट पक्राउ परेर प्रहरी हिरासतमा रहेकी त्रियुगा नगरपालिका १२ की २८ वर्षीया अनिता गजमेर (पवित्रा)ले बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी आफुले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

केही समययता आफु विप्लव समूहमा आबद्ध भएर पार्टी गतिबिधि गर्दैै आएको स्वीकार्दै उनले अब सो पार्टी त्यागेर स्वतन्त्र जीवन बिताउन चाहेको विज्ञप्तीमा उल्लेख छ। बाँकी जीवन स्वतन्त्रतापूर्वक बिताउने निश्चयका साथ केही समययता पार्टी गतिबिधिमा नलागी घरमै बसिरहे पनि पक्राउ परेको उनको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा जगमेरले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्।

उनीसँगै पक्राउ अर्का जिल्ला कमिटी सदस्य तथा विप्लव समूहनिकट युवा संगठन अध्यक्ष त्रियुगा नगरपालिका १० का ३६ वर्षीय सिद्धान्त राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

उनीमाथि २०७६ भदौ २ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी उपभोक्ता समितिको कार्यालय रहेको वडा भवनमा ग्यास सिलिण्डर बम विष्फोट गराएको आरोप छ।
                

 

प्रकाशित: १२ मंसिर २०७६ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App