coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरका एक युवा कटुवा पेस्तोलसहित पक्राउ

उदयपुर- उदयपुरमा एक युवा कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरीले जनाएको छ। बुधबार राति साढे ९ बजेको समयमा जिल्लाको बेलका नगरपालिका ३ सातपत्रेका १९ वर्षीय मनोज खत्री पक्राउ परेका हुन्।

सातपत्रेबाटै पक्राउ परेका खत्रीको साथबाट पेस्तोलसहित एक राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ। उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार उनी सातपत्रेबाट बेलका ९ रामपुर बजारतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्। उनीसँगै स १ त ७४४० नम्बरको ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीय विश्व खड्कालाई हातपात गर्ने क्रममा पेस्तोल देखाएपछि स्थानीयले प्रहरी गुहारेका थिए।

खड्कालाई ट्याक्टरबाट ओरालेर हातपात गर्दै कटुवा पेस्तोल देखाएको भन्दै इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेलगत्तै आएको प्रहरीलले खत्रीलाई नियन्त्रणमा लिएको एसपी मगरले बताएका छन्। मनोजसँगै रहेका अर्का एकजना भने भाग्न सफल भएकाले खोजीकार्य भईरहेको एसपी मगरले बताएका छन्।          

                            

प्रकाशित: १२ मंसिर २०७६ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App