७ वैशाख २०८१ शुक्रबार
खेल

सागको सुरक्षा व्यवस्था मजवुत बनाएका छौंः खनाल

काठमाडौं- नेपाल प्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ। बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सागको सुरक्षा  व्यवस्था मजवुत रहेको बताएका हुन्।

खेलका लागि आवश्यक सुरक्षाको पुर्वतयारी र व्यवस्थापनको सबै काम सकिएको पनि बताए। यस्तै सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरिएको पनि नेपाल प्रहरीले बताएको छ। जसअनुसार मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन पर्ने छ। यस्तै उदघाटन र समापनका बेला रंगशालामा खेल हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ।

साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारी साधन प्रवेश निषेध गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए। यस्तै साग खेलका लागि राष्ट्रिय खेलकुद परिषदले फुटबल, भलिबल र बास्केटबलमा टिकट प्रणाली गर्ने जनाएको छ। राष्ट्रिय खेलकुद परिषदले यी खेलहरुको टिकटको जिम्मा इसेवालाई दिएको छ। टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने कम्पनीका सिइओ रोशन लामिछानेले बताए। दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार ९ सय रहे पनि १४ हजार सिटको लागि मात्रै टिकट बिक्री गरिने भएको छ।

प्रकाशित: १२ मंसिर २०७६ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App