coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पहिलो सेटमा महिला भलिबल टोली भारतसंग पराजित

काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टोली भारतसंग भिडिरहेको छ।

बलियो प्रतिस्पर्धी भारतसंग त्रिपुरेश्वरस्थित कवर्डहलमा खेल जारी छ। पहिलो सेटमा नेपालले निकै प्रतिस्पार्धात्मक खेल पस्किएको छ। तर, उक्त खेल नेपालले २४–२६ ले गुमाएको हो। 

अघिल्लो खेलमा जीत दर्ता गराएर नेपाली टोली उच्च मनोवल सहति मैदान उत्रिएको छ। भारतसंगको खेललाई नेपाली महिला भलिबलको स्तर निर्धारकका रुपमा पनि अर्थाइएको छ।

पहिलो खेल बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो। तीन टोली रहेको समुह ‘ए’ मा नेपाल तीन अंक सहित शीर्ष स्थानमा रहेको छ। त्रिपुरेश्वरस्थित कभर्डहल हुने खेलमा नेपाल आजको खेलमा जीत दर्ता गर्दै समुह विजेता बन्ने दाउमा छ।

बुधबार बंगलादेशविरुद्ध नेपालले २५–९, २५–९ र २५–११ को सहज जीत दर्ता गराएको थियो। यसअघि नेपाल र भारत दुईपटक सागमा भिडेका छन्। दुवै खेलमा भारतले सहजै नेपाललाई हराएको थियो। दुई समुहमा विभाजन गरिएको टिमा सार्कका ६ राष्ट्रले सहभागि छन्।

समुह ‘ए’ नेपालसंगै भारत र बंगलादेश छन् भने समुह ‘बि’मा पाकिस्त माल्दिभ्स र श्रीलंका छन्। भुटानले भलिबलमा सहभागिता छैन।

नेपालकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको उँछिन्। समुह ‘बि’ मा माल्दिभ्सको तीन अंक रहकोे छ। पाकिस्तानले वाकओभर दिएपछि माल्दिभ्सलाई अघिल्लो चरण प्रवेशमा सहज भएको हो।

प्रकाशित: १२ मंसिर २०७६ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App