coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई पराजित गरेको बंगलादेश भारतसामु निरीह

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष भलिबलमा भारत विजयी भएको छ। 

बिहीबार दिउँसो त्रिपुरेश्वर स्थित कवर्डहलमा भएको खेलमा भारतले बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो।

समुह ‘ए’ मा रहेको भारत २५–१८, २५–१४ र  २५–१५ को सोझो सेटमा विजयी भयो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गरेको बंगलादेश भारतसंग भने निरीह देखियो।

नेपाल, भारत र बंगलादेश एकै समुहमा छन्। समुहमा बंगलादेश र भारतको समान तीन तीन अंक रहेको छ। नेपाल भने अंक बिहीन छ। भोली भारतसंग नै हुने खेलमा नेपाल ‘गर या मर’को अवस्थामा हुने छ। 

 समुह  ‘बि’ पाकिस्तान, माल्दिभ्स र श्रीलंका रहेका छन्। आजै भएको खेलमा माल्दिभ्सविरुद्ध पाकिस्तानले जीत दर्ता गराएको थियो। पाकिस्तान समुह  ‘बि’को र्शीष स्थानमा रहेको छ।

समुहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रकाशित: १२ मंसिर २०७६ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App