७ वैशाख २०८१ शुक्रबार
खेल

बार्सिलोनाको जितमा मेसीको प्रेरणा

मड्रिड- लियोनल मेसीको दुई गोल प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगाको पछिल्लो ४ खेलमा पहिलो जित निकाल्ने क्रममा शनिबार ओसासुनालाई ३-० को नतिजामा पराजित गरेको छ। जितसँगै भ्रमणकारी बार्सिलोनाले शीर्ष टोली रियाल मड्रिडसँगको दुरी ३ अंकमा छोट्याएको छ। लुइस स्वारेज र मेसीले पहिलो हाफमा घरेलु टोलीका रक्षकलाई पन्छाउन सकेका थिएनन्। तर, ५९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेल सकिन १७ मिनेट बाँकी रहँदा मेसीले २ गोल गरेपछि बार्सिलोनाले महŒवपुर्ण ३ अंक सुरक्षित गरेको थियो।

जितपछि बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ। रियालको ३४ अंक छ भने तेस्रो स्थानको सेभियासँग २७ अंक छ। तथापि रियाल र सेभियाले १ खेल कम खेलेका छन्। 

जारी सिजनको लिगमा ११ गोल पूरा गरेका मेसी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सर्वाधिक गोल गर्ने खेलाडीको प्रतिस्पर्धामा सबभन्दा अगाडि पुगेका छन्। रोनाल्डोले १० गोल गरेका छन्।  ७३ औं मिनेटमा पहिलो गोल गरेका मेसीले अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए।

‘जव हामीले पहिलो गोल गर्‍यौं, त्यतीबेलै हामीलाई खेल जित्यौं भनेर थाहा भइसकेको थियो। त्यसअनुसार पछि पनि गोल भए,’ स्वारेजले भने, ‘उपाधि होडबाट हामीले हात उठाएका छैंनौं। हामी बार्सिलोना हौं र उपाधिको दावेदार पनि। ६–७ अंकले पछि पर्दैमा हामी अत्तालिने टोली होइनौं।’

गत हप्ता घरेलु मैदानमा भएको 'एल क्लासिको'मा अन्तिम २ मिनेट सम्हालिन नसक्दा रियालसँग अंक बाड्नु परेको बार्सिलोना जितको ब्यग्रतासहित ओसासुना भ्रमणमा निस्केको थियो।

चोटका कारण ६ हप्तापछि टोलीमा पुनरागमन गरेका कप्तान आन्द्रियास इनियस्टाको उपस्थितीमा बार्सिलोनाले सुधारिएको प्रदर्शन गरेको थियो। मेसीको सुन्दर पासमा स्वारेजले पेनाल्टी बक्सबाट गरेको प्रहार थोरैले बाहिरिएको थियो। लगत्तै स्वारेजको अर्को प्राहरले पनि पोष्टको दिशा लिन सकेको थिएन। त्यस्तै स्वारेजको पासमा मेसीले गरेको प्रहारलाई घरेलु टोलीका गोलकिपर नाउजेट परेजले विफल पारिदिएका थिए।

पुनरागमनमा वाट्फोर्डको जित

वाट्फोर्ड– इटालीयन स्ट्राइकर स्टेफानो ओकाका चुकाको दुई गोल प्रेरित वाट्फोर्डले इङलिस प्रिमियर लिगको खेलमा शनिबार उत्कृष्ट पुनरागमन जनाउँदै एभर्टनमाथि ३–२ को जित हासिल गरेको छ। वाटफोर्डको जितले रोलान्ड कोम्यानको टोली प्रिमियर लिगका पछिल्ला १० खेलमा दोस्रो जित हालिस गर्ने लक्ष्यबाट विमुख बनायो।

रोमेलु लुकाकुले एभर्टनका लागी दुई गोल गरेका थिए। तर  ओकाकाको दुई र सेवास्टियन प्रोडलको गोलमा वाल्टर माजारीको टोलीले तीन अंक एकतर्फी पारेको थियो।

सन् १९८७ को मार्चमा पाएको २—१ को जितपछि वाट्फोर्डले एभर्टनलाई पराजित गरेको यो पहिलो अवसर हो। यस जितसंगै वाट्फोर्ड एभर्टन भन्दा २ स्थान माथी उक्लिएको छ। १५ खेलबाट २१ अंक जोडेको वाट्फोर्ड छैटौं स्थानको म्यानचेस्टर  युनाइटेडसंग अंक बराबरी गरे पनि गोल अन्तरमा पछि छ। लगातार पाँच खेलमा जितविहिन बनेको एभर्टन भने शनिबारै ढिलोगरीका खेल हुनुअघि २० अंकका साथ १० औं स्थानमा छ।

एभर्टनले साविक विजेता लेस्टर सिटीको भ्रमण गर्नुअघि प्रिमियर लिगमा घरेलु मैदानमा आर्सनल र सहरी प्रतिद्वन्द्वी लिभरपुलसँग खेल्नेछ।

सिजनको सुरुआतमामात्र भित्रयाइएका यानिक बोलासीले घुँडाको गम्भिर चोटका कारण बाँकी पूरा सिजन गुमाउन सक्ने खवर आएपछि एभर्टनले यसै साता ठूलो धक्का महशुस गरेको थियो।

जेरार्ड ड्युलफ्युको उत्कृष्ट भली वाट्फोर्डका गोलरक्षक ह्यिुरिल्लो गोमेजले बचाउदा एर्भटनले अग्रता लिने मौका चुकाएको थियो।

खेल विस्तारै नियन्त्रणमा लिएको घरेलु टोलीका लागी गारेथ बेरीको पासमा लुकाकुले गोल गर्दै १७ औ मिनेटमा अग्रता दिलाएका थिए।

बराबरीको पहिलो अवसर गुमाएका ओकाकाले दोस्रो अवसरमा एर्भटनका गोलरक्षक मार्टिन स्टेकेलेनबर्गलाई छक्याउदै गोल  गरेका थिए। यसै अगस्टमा एन्डरलेकबाट वाट्फोर्ड आएका ओकाकाले नोर्डिन अम्राबाटोको क्रसमा गोल गरेका थिए।

ट्रोए ड्यानी एड्लिन ग्युडिओराजको पासमा गोल गर्न चुक्दा वाट्फोर्डले पहिलो हाफमा अग्रता लिने अर्को अवसरबाट पनि वाट्फोर्ड चुकेको थियो। ५९ औ मिनेटमा जोजे होलेबासको फ्रि—किकमा प्रोडलले हेडमार्फत गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि ओकाकाले गोल गर्दा वाट्फोर्डले ३—१ को अग्रता लिएको थियो।

कोम्यानले रोस बार्कली, इनर भ्यालेन्सिया र आरोन लेनोनलाई प्रयोग गरेका थिए। लुकाकले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गर्र्दै गोल अन्तर ३—२ मा झारेका थिए। खेलको अन्तिम समयमा बार्कलीको उत्कृष्ट प्रहार गोमेजले बचाएपछि त्यही खेलको अन्तिम नतिजा बन्यो।

प्रकाशित: २६ मंसिर २०७३ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App