coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार, अस्पतालबाटै ट्वीट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्थास्थ्यमा क्रमशः सुधार आएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्।

बिहान १० बजे जारी विज्ञिप्तमा भनिएको छ, 'हाल सम्माननीयज्यू (प्रम ओली)को स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको व्यहोरा जानकारी गराइन्छ। सल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ।'

अस्पतालबाटै ट्वीट

प्रधानमन्त्री ओलीले अस्पतालबाटै ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, 'बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

 

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान उनलाई अस्पताल पुर्‍याइएको थियो। प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी र चिकित्सक दिव्या सिंहको टोलीले गरेको थियो। सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक पनि हुन्। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनी फलोअप उपचारका लागि थाइल्यान्ड र सिंगापुर जाने गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७६ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App