coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका उम्मेदवारमाथि हातपात

आक्रमणबाट घाइते कांग्रेस उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट स्थानीय स्वास्थ्यचौकीमा उपचार गराउँदै।

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका–४ का नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि आक्रमण भएको छ। नेकपाका कार्यकताले बुधबार राति १० बजे आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार भट्टले बताए।

नेकपाका कार्यकर्ताले आफ्नो एकजना कार्यकर्तालाई नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेदवार भट्टले दाबी गरे। २०/२२ जनाको समूहमा आएका उनीहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको भट्टले बताए। यो विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेदवार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए। उम्मेदवार भट्टमाथि हातपात भएको कुरा आफूले गम्भीर रुपमा लिएको उनले बताए।

उम्मेदवारमाथि आक्रमण हुनु निन्दनीय कार्य भएको भन्दै कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले दोषीमाथि कारबाही हुनुपर्ने  माग राखे। केही समयमा कांग्रेस जिल्ला कार्य समितिको आकस्मिक बैठक बसेर घटनाबारे थप पहल गरिने जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७६ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App