coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जीवन लुइँटेलको फ्यान क्लब

काठमाडौं- अभिनेता जीवन लुइँटेलको नाममा फ्यान क्लब खोलिएको छ। नेपालभर छरिएर रहेका अभिनेता जीवनका शुभचिन्तकले शनिबार त्रिपुरेश्वरस्थित दि भ्याली रेष्टुरेन्टमा जीवनकै उपस्थितिमा 'जीवन लुईंटेल फ्यान क्लब' खोलिएको घोषणा गरे। योसँगै औपचारिक रुपमै राजेश हमालपछि फ्यान क्लब खोलिने जीवन दोस्रा अभिनेता बनेका छन्। डेढ दशकअघि राजेश हमालको नाममा पनि फ्यानक्लब खोलिएको थियो तर एका दुई कार्यक्रमपछि त्यो निस्त्रि्कय प्राय: रहेको थियो।

५० भन्दा बढी फ्यानको उपस्थितिमा 'जीवन लुईंटेल फ्यान क्लब' ले औपचारिकता पाएको थियो र देशभर छरिएर रहेको जीवनका फ्यानलाई एकै ठाउँमा भेला गरेका थिए–गेहेन्द्र बमले।   उनले सामाजिक सञ्जालमार्फत् सबैलाई एकै ठाउँ भेला गरेको बताए।

'म लामो समयदेखि जीवन दाइलाई फ्लो गरिरहेको थिएँ। उहाँ मनपर्ने भएकाले उहाँको फेक पेज खोलेर उहाँका फ्यानसँग अन्तर्क्रिया गर्दै आएको थिएँ। तर पछि जीवन दाइले पत्ता लगाएपछि मैंले त्यो पेज डिजल्भ गरे,' उनले भने, 'तर यही क्रममा जीवन दाइलाई मन पराउने धेरै रहेछन् र सबैलाई एकै ठाउँमा भेला गर्न पाए हुन्थ्यो भन्ने लागेर फ्यान क्लबको अवधारणा ल्याएका हौं।' तर गेहेन्द्रले फ्यान क्लब भएपनि यसको खास संरचना नभएको बताए।

'यसमा क्लबमा जस्तो को के पदमा भन्ने छैन। हामी सबैमा जीवन दाइलाई एकचोटि प्रत्यक्ष भेट्न पाए हुन्थ्यो भन्ने थियो। त्यही इच्छा पूरा गरेका हौं,' गेहेन्द्रले भने। गेहेन्द्रको संयोजनमा भेला भएका अभिनेता लुईंटेलका शुभचिन्तक टुँडिखेलमा भेला भएर उनको फोटो अंकित टिसर्ट लगाएर रेष्टुरेन्टसम्म आएका थिए।

सानो संख्यामा भेटिएका फ्यानलाई देखेर जीवन भने भावुक बने। 'जीवनमा कहिलैपनि कसैले मेरो फोटो छातीमा टाँसेर हिँड्ला भन्ने कल्पना गरेको थिइनँ। तर आज भाइ बहिनीहरुलाई भेट्दा र उहाँहरुले लगाएको टिसर्टमा आफूलाई पाउँदा उहाँहरु जस्ता धेरैको मनमा रहेको अनभूति भएको छ। उहाँहरुले दिएको यो सम्मान र आदरका लागि यहाँ उपस्थितप्रति त आभारी छँदैछु, बाँकी शुभचिन्तकलाई पनि उहाँले गरेको मायामा घात नगर्ने वचनवद्धता व्यक्त गर्दछु,' जीवनले भने।

एक हप्ताअघि मात्र गेहेन्द्रले आफूहरुले सामूहिक रुपमा आफूलाई भेट्न चाहेको बताएपछि शनिबारको कार्यक्रम तय भएको पनि जीवनले बताए। 

'गेहेन्द्र भाइले हप्तादिन अघि भेटेर आफूजस्तै फ्यान भेला भएर सामूहिक रुपमा भेट्न खोजेको बताउनु भयो। मैंले नाइँ भन्ने कुरै थिएन। आज सबैसँग भेट भयो। आजसम्म जानी नजानी नेपाली फिल्मको उन्नतिकालागि काम गरिरहेको थिएँ। उहाँहरुलाई भेटेपछि थप जिम्मेवार भएर काम गर्छु ' जीवनले भने। सो क्रममा जीवनले आफूले पहिले नै घोषणा गरेको प्रतिबद्धता शुभचिन्तकका अघि पनि दोहार्‍याए।

'वर्षको २ वटा फिल्म गर्ने घोषणा गरेको छु। तपाईंहरुले रुचाउँदासम्म आफ्नो यो वाचामा अडिग रहनेछु,' जीवनले भने। उनले पछिल्लो रिलिज 'राधा'को सुटिङ ताका नै आइन्दा वर्षको दुइटा फिल्ममा मात्र अभिनय गर्ने घोषणा गरेका थिए। यसपछि जीवनले 'लेकसाइड' शीर्षकको फिल्मको मात्र सुटिङ सकाएका छन्।

कार्यक्रममा जीवनले आफू अभिनित फिल्मका संवाद र गीत गाएर सुनाएका थिए भने फ्यानले पनि आफूलाई मन पर्ने फिल्मका संवाद बोलेर सुनाएका थिए।

अनौपचारिक रुपमा सुरु भएको फ्यान क्लब बिस्तारै औपचारिक हुने र अभिनेता जीवन लुईंटेल सम्बद्ध कामलाई प्रवर्द्धन गर्दै लैजाने फ्यान क्लबका सदस्यले बताए।

प्रकाशित: २६ मंसिर २०७३ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App