७ वैशाख २०८१ शुक्रबार
कला

जीवाको 'सरसर्ती संसार' पाठकमाझ (भिडियाे)

काठमाडौं- एनआरएन जीवा लामिछानेले आफुले घुमफिर गरेका देशको यात्रा अनुभती संगालिएको नियात्रा सरसर्ती संसार पाठकमाझ आएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा लेखक जीवा लामिछानेले आफ्नो पुस्तक सरसर्ती संसार हस्तान्तरण गरेपछि नियात्राकार डा.धु्रवचन्द्र गौतमले पुस्तक सार्वजनिक गरे।

याात्रा संस्मरण भएकाले पनि सरसर्ती संसारमा लामिछानेले आफुले व्यक्तिगत तथा व्यापारिक भ्रमणका अवसरमा भोगेका कथा व्यथा समेटेका छन्। जसले संसारका देश देख्न पाएका हुन्नन् उनीहरुका लागि पनि यो नियात्रा संस्करण उल्लेखनिय हुने दाबी श्रेष्ठले गरे। नेपालयका तर्फबाट यो दोस्रो नियात्रा संस्करण रहेको श्रेष्ठले बताए।

पुस्तक सार्वजनिक अघि भएको अन्तरक्रियमा उनले विश्वमा भएका देशमध्ये आधाबढी देश पुगिसकेको दाबी गरे। पाँच महादेशका २९ स्थानमा घुमफिर गर्दाको स्मरण नियात्रामा गरेका छन्। 'मेरो डायरी लेख्ने बानी छ कतिपय ति पहिलाका कुराहरु सरसर्ती संसारमा छ ,'उनले भने कतिपय नयाँ घुमफिरका अनुभुती छन्।'

'रुसमा त्यतिबेला अमेरिका विरोधी धारणाको मात्र बढी प्रचार हुन्थ्यो ,'उनले सम्झे ,'टेलिभिजन होस वा संचारपत्र सबैमा अमेरिका नराम्रो देश हो भनिथ्यो।' अरु रुसीको मनमा झै उनको मनमा पनि अमेरिकाप्रति शुरुमा नकारात्मक धारणा बढ्दो थियो। लामिछाने आफ्नो पढाइ सकेपछि व्यापार गर्न थाले। गैर आवासिय महासंघका तर्फबाट विदेशी नेपाली एक बनाउन थाले। व्यापार र अभियानका क्रममा अमेरिका पुग्दा अमेरिकी नीतिको ठीक विपरित त्यहाँका नागरिकको सौहार्द व्यवहार देखेर छक्क परेको सुनाए। जति कडा विदेश नीति भएप िमानिसहरु रुसमा प्रचार गरिए जस्ता थिएनन् उनले थपे म अमेरिकीबाट प्रभावित भएँ। त्यही प्रभाव उनको सपनाको देश अमेरिका शिर्षकमा सरसर्ती संसारमा छाएको छ।

चोरी चकारी र माग्ने प्रविर्ती नेपालजस्ता देशमा मात्र हुन्न भन्ने प्रत्यक्ष अनुभती उनले पोल्याण्ड जाँदाको नियात्रामा उल्लेख गरेका छन्। मानव तस्करीको देश भनेर चर्चामा आउने युक्रेन यात्रामा यात्रुले पाउने दुख र त्यहाँको भ्रष्टाचारको जानकारी दिने प्रयास उनले गरेका छन्। बैदेशिक रोजगारीका समस्याको भन्दा पनि त्यहाँको आन्तरिक चरित्र उनले नियात्रामा समेटेका छन। थोरै समयमा आँखाले देखेका कुरा गम्भिर अध्ययनजत्तिको नभएको उनले स्विकारे। उनले कतिपय घटनाक्रम पुराना र नयाँ मिठासका लागि जोड्दा थोरै त्रुटीहरु भएको अन्तरक्रियाका क्रममा बताए। 'पुरै नैतिक ज्ञान खोज्नेहरुलाई निराश पार्ला तर हरेक देशका नागरिकसँग भेट्दाका अनुभवले सभ्य समाज अन्यत्र पनि छ भन्ने देखाउन सक्छ',उनले औंल्याए।

भिडियाे

प्रकाशित: २६ मंसिर २०७३ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App