coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बंगलादेशी कलाकारका चित्रहरु

काठमाडौं- मिथिला येँ आर्ट ग्यालरी ठमेलमा बंगलादेशी कलाकार नर्गिस परविनका चित्रको प्रदर्शनी सुरु भएको छ। 'कविता'शीर्षकमा भएको प्रदर्शनीको अग्रज कलाकार शशीविक्रम शाहले गरे। शाहले चित्रकार परविनको ललितकलाप्रतिको आकर्षण र लगावको प्रशंसा गर्दै शाहले भूगोल र जनसम्पर्कको दृष्टिकोणले समेत नेपाल र बंगलादेश लामो समयदेखि अत्यन्तै घनिष्ट रहेको उल्लेख गरे।

बंगलादेशी कलाकार नर्गिस परविनले कला सिर्जनाका सन्दर्भमा आफ्नो अभिव्यक्ति पूर्वीय कलाचिन्तनमा आधारित रहेको बताइन्। उनले भनिन्, ' नेपालमा गरिएको यस प्रदर्शनीले नेपाल र नेपाली कला बुझ्ने अवसर समेत मिलेको छ।' उनले नेपाल र बंगलादेशको सम्बन्धलाई कला र कलाकारले सौहार्द रुपमा जोड्न सक्ने बताइन्। पूर्वीय कलामा स्नातकोत्तर नर्गिसले प्रदर्शनीमा नारीका विषयमा बनाइएका चित्र प्रदर्शनीमा छन्।

पूर्वीय विषयलाई बंगलादेशी कलाकार नर्गिसले कलात्मक रुपमा चित्रण गर्न सकेको बताउँदै कलाकार तथा समीक्षक रमेश खनालले चित्रकार थपे,'नर्गिसका कलामा पर्याप्त सम्भावनाहरु छछल्किरहेको र पूर्वीय कलाको समकालीन प्रस्तुती रहेको छ।'

नर्गिस परविनका कृतिहरुमा नारी, प्रकृति र अबोध बालकको विषय गम्भीर रुपमा आएको बताउँदै कलाकार तथा समालोचक नगेन्द्रप्रसाद पौड्यालले उनका कलाले बंगलादेशको समकालीन चिन्तन नजिकबाट नियाल्ने अवसर यो प्रदर्शनीले दिएको सुनाए।

 नर्गिस बंगलादेशको राजशाहीदेखि कला प्रदर्शनीकै लागि काठमाडौं आएकी हुन्।

नेपालमा बंगलादेशी कलाकार नर्गिसको एकल कला प्रदर्शनी हुनु दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने ग्यालरीका सञ्चालक तथा कलाकार श्यामसुन्दर यादवले बताए। चित्रकार परविनको पहिलो एकल प्रदर्शनी नेपालमा भएको हो।

प्रकाशित: २६ मंसिर २०७३ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App