८ वैशाख २०८१ शनिबार
खेल

२ हजार ९ सय १० खेलाडी सहभागी

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यस्थापक गरी कुल ३ हजार ७ सय ९ जना सहभागी हुने भएका छन्। १३औं साग राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्रकुमार राईले सातै देशका सहभागी खेलाडी, प्रशिक्षक तथा व्यस्थापकहरूको संख्या सार्वजानिक गरे। जसअनुसार कुल खेलाडी संख्या २ हजार ९ सय १० र अफिसियल ७ सय ६९  छन्।

राईका अनुसार नेपालबाट सहभागी संख्या सबैभन्दा धेरै रहेको छ। यता भुटानबाट भने सबै भन्दा थोरै खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सहभागिता जनाउनेछन्। सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउनेछन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरी एक सय ८६ जना पनि सहभागी हुनेछन्। भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसयलले सहभागिता जनाउनेछन्।

राखेपका अनुसार बंगलादेशबाट ४ सय ७८  खेलाडी  र १ सय ४७ अफिसियलले सहभागिता जनाउनेछन्। त्यस्तै पाकिस्तानबाट ३ सय ७८  खेलाडी र १ सय ५ अफिसियलले सहभागिता जनाउनेछन्। श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८३  अफिसियल नेपाल आउनेछन्। यता मालदिभ्सबाट २ सय ५२ खेलाडी  र ६८ अफिसियल रहनेछन्। साग अवधिभर खेलाडी, प्रशिक्षक र व्यवस्थापकको कुल संख्या ३७ सय ९ रहेको छ।

प्रकाशित: १२ मंसिर २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App