१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीएनएन सुपर हिरोमा बस्नेत मनोनयन

काठमाडौं- जेलमा अभिभावकसँग कैदीजीवन बिताउन बाध्य बालबालिकालाई बाहिर ल्याएर हेरचाह गर्दै आएकी पुष्पा बस्नेत (३२) सीएनएन सुपर हिरोमा मनोनयन भएकी छिन्। अमेरिकाको सीएनएन टेलिभिजनले 'सीएनएन हिरो' अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा पहिलोपटक सुपर हिरो अवार्ड छनोट गर्न लागेको हो। सुपर हिरोका लागि छनोटका लागि मनोनयनमा परेका ५ मध्ये बस्नेत एक हुन्। यी पाँचमध्येबाट सुपर हिरो छानिनेछ।

प्रारम्भिक बाल विकास केन्›की सञ्चालिका बस्नेतले सन् २०१२ मा नौं प्रतिस्पर्धीलाई पछि पार्दै इन्टरनेट भोटिङका आधारमा सीएनएन हिरो भएकी थिइन्। २०१२ मा हिरो घोषित भएसँगै उनले उपाधिसहित २ लाख ५० हजार अमेरिकी डलरको पुरस्कार हात पारेकी थिइन्।

सन् २०१२ मा नौं प्रतिस्पर्धीलाई पछि पार्दै इन्टरनेट भोटिङका आधारमा सीएनएन हिरो भएकी पुस्पा बस्नेत यसपटक सीएनएन सुपर हिरोमा मनोनयन भएकी हुन्।

सुपर हिरो छनोट पनि इन्टरनेट भोटिङकै आधारमा हुनेछ। फेसबुक र ट्वीटमार्फत भोटिङ गर्न सकिने सीएनएनले जनाएको छ। नेपाली समयअनुसार शनिबार बिहान ८ः४५ बजेदेखि भोटिङ खुला भएको छ। सोमबार बिहान ६ः४५ बजेसम्म अनलाइन भोट दिन मिल्नेछ। सोमबार बिहान ८ बजे सिएनएन सुपर हिरो छनोट कार्यक्रमको सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। सुपर हिरो विजेतालाई ५० हजार अमेरिकी डलरसहित उपाधि प्रदान गरिनेछ। यही कार्यक्रममा भाग लिन बस्नेत अमेरिका गएको प्रारम्भिक बाल विकास केन्द्रका कर्मचार सविन कुमार सिंहले नागरिकलाई जानकारी दिए।

बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकााट लिज म्याक कार्थी र चाड प्रेग्य्राक, फिलिपिन्सबाट एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसियाबाट रोविन लिम र सुपर हिरोमा मनोनयन भएका छन्।

कलेजमा पढ्दा 'सोसल वर्क' विषयको फिल्ड  वर्क सिलसिलामा सुनधारास्थित केन्›ीय कारागार जाँदा आमासँगै कारागारमा बसेकी बालिका सानुकान्छी तामाङ बस्नेतलाई समात्न आइन्। २००५ को त्यो घटनाले बस्नेतलाई समाज सेवामा लाग्न प्रेरणा दिएको हो। उनले त्यही बेलादेखि जेलमा आमाबुवासँगै रहेका बालबालिकालाई प्रारम्भिक बाल विकास केन्द्रमा राखेर हेरचाह गर्दै आएकी छन्। सोही कारण उनले २०१२ सिएनएन हिरोको उपाधि हात पारेकी थिइन्।

विश्वका विभिन्न देशमा रहेर समाज सेवामा उल्लेखनीय योगदान दिनेमध्येबाट सिएनएनले बर्सेनि सिएनएन हिरोको उपाधि दिँदै आएको छ।

बस्नेतभन्दा पहिला महिला बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सन् २०१०को सिएनएन हिरो उपाधि जितेकी थिइन्।

त्यसैगरी नेपालमा महिला र बालबालिका क्षेत्रमा क्रियाशील अमेरिकी महिला म्यागी डोयनले सिएनएन हिरो, २०१५ को उपाधि नेपाल भित्र्याएकी थिइन्। उनले नेपालमा बसेर महिला तथा बालबालिकाको पक्षमा काम गर्दै आएकी छिन्।

प्रकाशित: २६ मंसिर २०७३ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App