coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँची बस दुर्घटना अपडेट: १८ काे मृत्यु, १३ घाइते

अर्घाखाँच- सन्धिखर्कको शान्तीबगैचाबाट हर्न लगाउँदै बस बुटवलका लागी हिंड्यो । बस चढेको डेढ घन्टा पछी नरपानीमा बस ढल्कीयो । सबै चिच्याउन लागे । त्यसपछी आफुले एक्कासी यहाँ पाएँ ।’ सन्धिखर्कको (मईतीघर) वाङ्गलाबाट सुत्केरी बारेर आफ्नो घर कपिलवस्तुको बाणगंगा जाँदै गरेकी बिमला पोख्रेलको भनाई ।

उनलाई सन्धिखर्कबाट बुटवल रिफर गर्दा उनी आफ्नो ६ महिनाको दुदे बालक खोजिरहेकी थिइन् । मेरो बच्चा खोई भन्दै चिच्चाईरहेकि थिइन् । उनको बालकको अवस्था पत्ता लाग्न सकेको छैन ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर–६ नरपानीमा बुधबार  भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सन्धिखर्कबाट बुटबलकालागि दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी वेल्वासेले बताए । जस्मा २ जना बालबालिका रहेका छन् ।

अहिलेसम्म मृतक मध्ये २ जनाको सनाखत भएको छ । जसमा बस चालक कपिलबस्तुका ओमबहादुर थापा र शसस्त्र प्रहरी बल  ५ नम्बर बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ । अन्यको सनाखत हुन सकेको छैन । उद्धार कार्यमा खटिदानै रात परिसकेको तथा लाइट नहुदा पनि उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते १३  जनालाई नै उपचारकालागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको शसस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले बताए ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । चिसो ठाउ , पहिरो र जंगलमा दुर्घटना भएको तथा रात पनि  परिसकेकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दाहिने मोड काट्ने क्रममा मोड नकटेर बस सडकबाट तल खसेर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।

चिप्लो बाटोमा मोड काट्ने क्रममका ब्रेक नलागेर दुर्घटना भएको पश्चिम नेपाल वस व्यवसायी समितिका अर्घाखाँची शाखा प्रमुख कमल प्रसाद भटराइले बताए । सडक र गाडीको कारण दुर्घटना भएको उनको भनाइ छ ।

यसअघी पनि यही नरपानी क्षेत्रमा यसैवर्ष गएको असार १९ गते, असौज २० र कार्तिक २० गते जिप र कार दुर्घटना हुँदा कुल ९ जनाले ज्यान गुमाईसकेका छन् ।

 

प्रकाशित: ११ मंसिर २०७६ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App