८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुर उपनिर्वाचनः निराश मतदाता

काठमाडौं- प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा आगामी शनिबार उपनिर्वाचन हुँदैछ। भक्तपुर १ ‘ख’ मा प्रदेशसभा सांसदका लागि उपनिर्वाचन हुनेछ। तर त्यहाँका  मतदाता चुनावका लागि उत्साहित छैनन्। विगतमा नेतृत्वले राम्रो काम गर्न नसक्दा उनीहरु निराश देखिन्छन्।

भक्तपुर नगरपालिकाको १० र चाँगुनारायण नगरपालिकाको सबै वडा १ देखि ९ सम्म पर्ने यस निर्वाचन क्षेत्रमा पुरुषभन्दा बढी मतदाता महिला छन्। तर उनीहरु उम्मेदवार छानेर भोट हाल्ने भन्दा पनि यसअघि जे जस्तो हुँदै आएको छ त्यसरी नै भोट हाल्ने योजनामा छन्। कतिलाई त आफ्नो क्षेत्रका उम्मेदवार को हुन भन्ने अनविज्ञ छन्।

‘चुनावमा उठेको त त्यही नेकपा, नेमकिपा र राप्रपा नै हो, यत्ती थाहा छ, महिला त उठेका छैनन्’ भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की ५० वर्षीया शुलोचना थापाले भनिन्। सांसद हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा १९ जना उम्मेदवार छन्। तर थापालाई आफ्नो क्षेत्रका उम्मेदवार को–को छन् भन्ने थाहा नभएको बताउँछिन्। भक्तपुरको निर्वाचनमा यसपटक ३ जना महिला उम्मेदवार छन्। 

थापा आफ्नो क्षेत्रमा विकास चाहन्छिन्। तर आवश्यक पर्ने विकास पूर्वाधार नहुँदा उनी निराश छिन्। ‘बिग्रेको बाटो बनाउन, गाउँमा पानीको सुविधा दिन, स्वास्थ्य चौकीको स्तरउन्नती गर्न, एम्बुलेन्सको राम्रो सुविधा केही पनि राम्रो छैन’ थापा भन्छिन्, ‘भोट मात्र दिनु पर्ने त हो नि, हुने केही हैन।’ 

कतिपय मदततालाई त भोट हाल्ने तरिका पनि थाहा छैन्। चाँगुनारायण-५ कै ७५ वर्षीया धना थापा भन्छिन,‘यसपाली भोट बुहारीले जसलाई भन्छे, उसैलाई दिने हो।’

चाँगुनारायण-५ का अधिकांश महिला घरधन्दा र गाईगोठालोमै व्यस्त छन्। चुनावमा भोट कस्लाई दिने भन्नेमा महिलाहरुले त्यति चासो छैन्। कतिपय भने अघिल्ला वर्ष जुनमा दिएको चुनाव चिन्हमै भोट हाल्ने तयारीमा छन्। 

‘अघिल्लो पटक हालेको चिन्हमै भोट हाल्ने हो’ खेतमा काम गरिरहेकी निरु पौडेलले भन्छिन्। यता महिला उम्मेदवारहरु भने भोट माग्नै नआएको स्थानीय सम्झना बानियाँले बताउँछिन्। 

प्रसार प्रचारको समयमा दलहरु ठुला–ठुला आश्वासन बाँड्न मतदाताको घरदैलोमै पुगेका थिए तर मतदातालाई दलका यस्ता कुराले छुन सकेको छैन्।

खेतबारी र घरधन्दामा व्यस्त रहेका महिला मतदातालाई यो चुनावमा जित्ने सांसदबाट त्यति ठुलो आशा पनि छैन्। ‘बाटो बिग्रेको छ, बनाईदिए त हुने नि, पानी छैन्, अस्पताल छैन्’ स्थानीय रेखा पौडेल भन्छिन,‘यस्तै साना कुरा त हो नि हामीलाई चाहिएको गर्ने तर गर्दैनन्, आश पनि छैन्।’ यस क्षेत्रमा कुल ४५ हजार १५ मतदातामध्ये २३ हजार ८० महिला मतदाता छन्। 

 

प्रकाशित: ११ मंसिर २०७६ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App