८ वैशाख २०८१ शनिबार
खेल

पाकिस्तानले ‘वाकओभर’ दिँदा माल्दिभ्स खुशी

काठमडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा पाकिस्तानले माल्दिभ्सलाई ‘वाकओर दिएको छ।  

समूह ‘बी’ मा रहेको पाकिस्तान निर्धारित समयमा खेल्न नआएपछि मल्दिभ्सले सोझै तीन अंक पाएको हो।

सहभागी टिमले खेल सुरु हुनुभन्दा कम्तिमा ४५ मिनेट अगाडि नै सम्पर्कमा आउनुपर्ने प्राबधान छ। तर पाकिस्तानले उक्त अवसर सदुपयोग गर्न सकेन।

राष्ट्रिय खेलकुद परिषदका अनुसार महिला भलिबलमा राष्ट्र भुटान बहेक ६ वटा नै राष्ट्र सहभागी भएका छन्। अर्को खेलमा माल्दिभ्सले श्रीलंकाको समना गर्ने छ। समुह ‘ए’मा नेपाल सहित भारत र बंगलादेश रहेका छन्। 

नेपालले आजै भएको खेलमा बंगलादेशलाई पराजित गर्दै तीन अंक बटुलेको थियो। जीत संगै नेपालको सेमिफाइनको यात्रा सहज भएको छ। 

प्रकाशित: ११ मंसिर २०७६ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App