विप्लव समूहका जिल्ला सदस्य बम विष्फोट आरोपमा पक्राउ

बुधबार, ११ मङि्सर २०७६, १९ : ११ महेश्वर चामलिङ राई

उदयपुर- ३ महिनाअघि खानेपानी कार्यालय भवनमा बम विष्फोट गराएको आरोपमा खोजी सूचीमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। गत भदौ २ गते जलजले खानेपानी उपभोक्ता समूहको कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पार्टी जिल्ला सदस्य सिद्धान्त राई मंगलबार दिउँसो ४ बजे पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका १० का ३६ वर्षीय राई विप्लव पार्टीनिकट युवा संघका जिल्ला अध्यक्षसमेत हुन्। उनलाई त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटस्थित बेचु दास चौधरीको घरमा लुकेर बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनका अनुसार राईमाथि भदौ २ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी उपभोक्ता समितिको कार्यालय रहेको वडा कार्यालय भवनमा भएको सिलिण्डर बम विष्फोट घटनामा संलग्न भएको आरोप छ। आरोपित राईलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad