४ वैशाख २०८१ मंगलबार
समाज

अन्तर्राष्ट्रिय ओलम्पियाडमा पाँच नेपाली

काठमाडौं- दसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाड, २०१६ मा सहभागी हुन पाँच नेपाली विद्यार्थी भारतको उडिसा गएका छन्। तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट भएका ५ विद्यार्थी सो कार्यक्रमका लागि छानिएका हुन्। मंसिर २४ देखि १० दिनसम्म हुने दसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडमा छानिएका विद्यार्थीले खगोल तथा खगोल भौतिक विज्ञानका विषयमा अन्य देशका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपाल एस्ट्रानोमिकल सोसाइटीको पहलमा उनीहरू उडिसा गएका हुन्। प्रतियोगितमा नेपाललगायत ४३ देशका दुई सय ३८ विद्यार्थी तथा १ सय २३ टोली नेता सहभागी हुनेछन्।

यस वर्ष जेठ २९ देखि भदौ १५ सम्म सञ्चालित राष्ट्रिय प्रतियोगितामा भाग लिन काठमाडौं, विराटनगर, चितवन र पोखरामा गरी १ सय ८८ जना विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये पाँचजना छानिएका हुन्।

 

प्रकाशित: २६ मंसिर २०७३ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App