coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिप्पर दुर्घटनामा तीनको मृत्यु, १३ घाइते

सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्टिदां तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा नोरी लामा रहेका छन्। टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ। घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीले बताएका छन्।

दुर्घटनामा के कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरुको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ। घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा गएका थिए।
 

प्रकाशित: ११ मंसिर २०७६ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App