coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंका युवा लागुऔषधसहित उदयपुरमा पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागु औषधसहित काठमाडौं र गाईघाटका यृुवालाई पक्राउ गरेको छ। गाईघाटतर्फ आउँदै गरेको स १ ज ६०२ नं. को विङ्गर गाडीमा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तास्थित सडकमा चेकजाँच गर्ने क्रममा ९० थान नाईट्रोजन ट्याब्लेटसहित युवाहरु पक्राउ परेका हुन्।

अघिल्लो साँझ पौने ६ बजे लहानदेखि गाईघाटतर्फ आउँदै गरेको विङ्गर भ्यानलाई प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले चेकिङ गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपािलका १४ का १८ वर्षीय राजन खत्री र उदयपुर त्रियुगा नगरपालिका १० का १६ वर्षीय मनिष राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनीहरु लागु औषध दुव्र्यसनी मात्र हुन् या कारोबारी नै हुन् भन्ने यकिन नभईसकेको प्रहरीले बताएको छ। काठमाडौंका युवा गाईघाटमा लागु औषधसहित पक्राउ पर्नुले उदयपुर लागु औषधको क्रिडास्थल बन्दै गएको प्रहरीको अनुमान छ। पक्राउ परेका दुवैलाई प्रहरी चौधरी लालपत्ताको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एसपी मगरले बताएका छन्।  

प्रकाशित: ११ मंसिर २०७६ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App