coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको मृत्यु

सन्धिखर्क– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस तीन सय मिटर तल खसेको थियो।  दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीका अनुसार दिउँसो साढे एक बजे सन्धिखर्कबाट बस छुटेको थियो। बस छुटको १ घण्टामा दुर्घटना भएको थियो।

सन्धिखर्कबाट बस छुट्दा नौ जना यात्रुले मात्रै टिकट काटेका थिए। बाँकी यात्रु घुम्ती भन्ने स्थानबाट बसमा चढेका थिए। मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

घाइते ८ जनालाई बुटवल र तीन जनालाई सन्धिखर्क अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: ११ मंसिर २०७६ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App