काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले त्रिकेटको टिकट मूल्य महंगो भएको बताएका छन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सरकारले दर्शकको लागि निर्धारण गरको टिकट मूल्य मंहगो भएको बताएका हुन्।
क्रिकेट दर्शककालागि सरकारले दुई सय र पाँच सय दरका टिकट निर्धारण गरेपछि कप्तान मल्लको उक्त धारण आएको हो।
‘सागका लागि सरकारले निर्धारण गरेको दर मंहगो छ’ कप्तान मल्लले भने, ‘देशमा अझैपनि टिकेट काटेर क्रिकेट हेर्न आउने दर्शक कम भएकाले टिकट सस्तो हुनु पर्छ।’ टिकट काट्नु सरकारको सही निर्णय भएपनि दर कम हुनु पर्ने उनले बताए।
कप्तान मल्लले साग क्रिकेटमा गोल्ड मेडल नै भित्र्याउने दाबी गरे। ‘होम ग्राउन्डको ठूलो साथ छ’ कप्तान मल्लले भने,‘भारत र पाकिस्तान जस्ता ठूला देश सहभागी नहुँदा त्यसको फाइदा नेपालले लिनुपर्छ।’ श्रीलंका, बंगलादेश जस्ता क्रिकेटका ठूला शक्तिशाली राष्ट्रलाई हराउने दाबी कप्तान मल्लाको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत