coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध गाँजासहित युवक पक्राउ

उदयपुर- उदयपुरमा अवैध गाँजासहित एक युवा पक्राउ परेका छन्। कटारी–गाईघाट चल्ने यात्रुवाहक बसबाट त्रियुगा नगरपालिका ६ जलजलेस्थित चेकपोष्टमा नियमित चेकजाँचको क्रममा कटारी ५ का २१ वर्षीय रामकुमार सदा अवैध गाँजासहित बुधबार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ४ ख ५८२४ नं. को यात्रुवाहक बस जलजले ढाटमा चेकजाँच गर्ने क्रममा सदालाई गाँजासहित पक्राउ गरिएको हो। उनको साथबाट २ सय ग्राम गाँजा बरामद भएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रहरी हिरासतमा राखेर उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन्।

प्रकाशित: ११ मंसिर २०७६ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App