५ वैशाख २०८१ बुधबार
समाज

सामाजिक सुरक्षा कोष: सबैभन्दा बढी प्रदेश नं ३ मा श्रमिक सूचीकृत

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका मध्ये प्रदेश नं ३ मा बढी देखिएका छन्।

मङ्गलबारसम्म कोषमा एक लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ। त्यस्तै १० हजार ४ सय ७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन्। कोषमा १८ करोड १३ लाख दुई हजार ७ सय ८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ।

सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन्। सो प्रदेशबाट ८७ हजार २ सय ४२ श्रमिक सूचीकृत भएका छन्। त्यस्तै प्रदेश नं १ बाट १५ हजार ७ सय ३५, प्रदेशन नं २ बाट छ हजार ८ सय ५२, गण्डकी प्रदेशबाट तीन हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ।

यस्तै प्रदेश नं ५ बाट दुई हजार २ सय ७ श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिकको सूचीकृत भएको छ। सो प्रदेशबाट अहिलेसम्म जम्मा १ सय ५० श्रमिक सूचीकृत भएका कोषले जनाएको छ। यस्ते सुदूरपश्चिम प्रदेशबाट ४ सय ९ श्रमिक कोषमा आवद्ध भएका छन्।

यसैगरी प्रदेश नं ३ बाट सबैभन्दा बढी सात हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १ सय ५ वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन्। प्रदेश नं १ बाट एक हजार ७ सय ६, प्रदेश नं ५ बाट ६ सय १०, गण्डकी प्रदेशबाट ४ सय ८७, प्रदेश नं २ बाट ४ सय १३ र सुदूरपश्चिम प्रदेशबाट १ सय १० प्रतिष्ठान सूचीकृत भएका कोषले जनाएको छ।

हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन्। रासस

प्रकाशित: ११ मंसिर २०७६ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App