८ वैशाख २०८१ शनिबार
राजनीति

देउवालाई प्रचण्डको प्रश्नः कौडीको भाउमा उद्योग बेच्नेले अहिले धरायसी भो भन्न मिल्छ?

फाइल फाेटाे

पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषणप्रति प्रतिक्रिया दिएका छन्। कास्की–२ को उपनिर्वाचनलाई लक्षित गरेर बुधबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भृकृटी कागज कारखाना कौडीको भाउमा बेच्नेले अहिले उद्योग धरासायी भयो भन्ने नसुहाउने बताएका हुन्।

केहि दिनअघि कांग्रेस सभापति देउवाले अहिलेको सरकारले उद्योगधन्दा धरायसी बनेको भन्दै बताएका थिए। सोहि विषयलाई लिएर प्रचण्डले भने ‘ देउवाले ठाडै झुटो बोल्नुभयो। उज्यालो घाम लागेको बेला हत्केलाले सुर्य छोप्ने नाटक गर्नुभयो। अस्ति उद्योगधन्दा पनि चौपट भयो भन्नुभयो। के गर्नेलाई भन्दा हेर्नेलाई लाज भन्या जस्तो देउवाको कुरा मलाई चैं सुन्न पनि अप्ठ्यारो लाग्यो। जसले भृकृटी कागज कारखाना कौडीको भाउमा बेचेर राष्ट्रिय उद्योग धरासायी बनायो, त्यहि पार्टीका नेताले उद्योगको कुरा गर्दा त्यो भन्दा सुन्न नसकिने, हास्याँस्पद कुरा अरु के हुनसक्छ?’

‘कांग्रेसले गल्तीको समीक्षा गर्नुपर्छ प्रचण्डले भने ‘यस्तै कुबुद्धी र झुटको राजनीति गरिरहने हो भने कांग्रेसले प्रतिपक्ष बन्ने हैसियत पनि गुमाउँछ, अनि कुनै दिन इतिहासमा कांग्रेस भन्ने पार्टी थियो भन्ने हुनसक्छ।’

प्रचण्डले प्रतिनिधिसभाको एक मात्र निर्वाचन हुने कास्की–२ मा पहिले भन्दा भारी अन्तरले जिताउन पोखरेली जनतालाई अपिल गरेका थिए। ‘मौन अवधीमा लुकीछिपी हुने षडयन्त्रलाई रोक्नुस्’ उनले भने ‘हामी अत्यधिक मतले विजयी हुन्छौं।’ पार्टीको मतभेद र सरकार सञ्चालनबारे स्पष्ट भइसकेकाले नेकपाको जित सुनिश्चित भएको दाबी गरे। उनले अब ५ वर्षसम्म स्थायी सरकार चल्ने स्पष्ट पारे। उनले पार्टी एकताको सबै काम पूरा भएको बताउँदै अब खाली ठाउँमा तलबाट भरिने जानकारी गराए।

उनले विपक्षी कांग्रेसले गरेको नराम्रो कामलेपनि यस पटकको उपनिर्वाचनमा जित हासिल गर्न सजिलो हुने बताए। देउवाले भारतले सार्वजनिक गरेको नक्सा सम्बन्धी झुट बोलेको र त्यसलाई पोखरेली जनताले नपत्याउँदा नेकपालाई चुनाव जित्न सजिलो हुने उनको दाबी थियो। त्यस्तै पार्टी र सरकारले डेढ वर्षमा कामले पनि चुनाव जित्न सजिलो हुने उनले बताए।

उनले देवघाट गएर ध्यान र ज्ञान सिक्ने उमेरका ७७ वर्षे वृद्ध खेमराजलाई चुनावमा उम्मेद्वार बनाउने कांग्रेसले प्रधानमन्त्रीप्रति कटाक्ष गर्न नसुहाउने बताए। हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहिं विदा दिनुपर्छ भनेर आवाज उठाउने कांग्रेसले ७७ वर्षका बुढालाई अघि सारेका छन्। उनले थपे ‘जो अब देवघाटतिर जानुपर्ने बेला छन्, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवान प्रधानमन्त्रीलाई आराम (रेष्ट) गर भन्न मिल्छ त?’

प्रकाशित: ११ मंसिर २०७६ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App