७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपनिर्वाचन २०७६ : मदिरा सेवन र बिक्री वितरणमा रोक

लहान- यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने वडा नम्बर १२ मा आजदेखि उपनिर्वाचन सकिएको भोलिपल्ट मङ्सिर १५ गतेसम्म मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन मदिरा तथा मदिराजन्य पदार्थको सेवन, बिक्री वितरणबाट असर पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्तो निर्णय लिइएको प्रजिअ अधिकारीले बताए।

यसका साथै उपनिर्वाचनलाई मध्यनजर गरी निर्वाचनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आवश्यक सबै तयारी भइसकेको उनको भनाइ छ। यस्तै उपनिर्वाचन हुने मतदान केन्द्रमा आज साँझबाट मतदान अधिकृत खटिन लागेको छ।

उपनिर्वाचन हुने कल्याणपुर नगरपालिका–१२ को चार वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी आज साँझबाट मतदान केन्द्रमा खटिने जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७६ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App