वीरेन्द्रनगर- कर्णालीका प्रदेशसभा सदस्यले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम शहरमा मात्र केन्द्रित भएको बताएका छन्। सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अनतरक्रिया कार्यक्रममा प्रदेशसभाका सदस्यले यस्तो बताएका हुन्।
सो अवसरमा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले प्रदेशमा हुने कुनै पनि लैङ्गिक हिंसाविरुद्धको कदम चाल्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरिन्। आफू प्रश्नभन्दा काम गर्ने ठाउँमा भएको उल्लेख गर्दै उनले प्रदेशमा हुने हरेक खाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेशसभा जस्तोसुकै कानून निर्माण गर्न तयार भएको बताइन्।
प्रदेशसभा सदस्य पद्ममा खड्काले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम हिंसा पीडितकहाँ पुग्न नसकेको बताइन्। यस्ता सचेतनामूलक कार्यक्रम प्रदेशका राजधानीमा मात्र केन्द्रित गरिएको भन्दै यसलाई गाउँ गाउँमा विस्तार गरिनुपर्नेमा उनले जोड दिइन्। 'वास्तविक हिंसापीडित त गाउँमा छन्', उनले भनिन्, 'सरकार र सामाजिक संस्था गाउँका दूरदराजमा केन्द्रित हुनुपर्छ।'
अर्का प्रदेशसभा सदस्य रातो कामीले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमलाई १६ दिनमा मात्रै सीमित गराउन नहुने बताउँदै कर्णाली प्रदेशका दुर्गम गाउँमा छोरा र छोरीबीच हुने विभेद, छाउपडी प्रथा, छुवाछूतजस्ता सामाजिक विकृतिले ठूलो हिंसा निम्त्याएको छ भने। यस्ता सामाजिक हिंसालाई न्यूनीकरण गर्न सम्बन्धित क्षेत्रमै गएर यस्ता कार्यक्रम केन्द्रित गर्न उनले सुझाव दिए।
सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले घरेलु हिंसा निवारण ऐनको मस्यौदा तयार भएर प्रदेशसभामा दर्ता भइसकेको उल्लेख गर्दै हिंसापीडित व्यक्तिका लागि मन्त्रालयले प्रदेशका छ वटा स्थानमा आश्रयस्थल बनाएको जानकारी दिए।
वाम संस्था सुर्खेतका कार्यकारी निर्देशक मधुुरानी ढकाल, आवाज संस्था सुर्खेतका कार्यक्रम संयोजक पवित्रा शाहीलगायतका अधिकारकर्मीले संविधानले सुनिश्चित गरेको लैङ्गिक हिंसाको अन्त गर्न सबै पक्ष एकाकार भएर लाग्नुपर्नेमा जोड दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत