coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

पोखरा – पोखरामा बम विस्फोट भएको छ ।प्रहरीका अनुसार नयाँ बजारमा बम विस्फोट भएको हो । कास्की–२ को उप–निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा बम विस्फोट भएको हो ।

विस्फोटबाट कुनै मनवीय क्षति भने भएको छैन । नेकपाको चुनावी सभामा भाग लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बामदेव गौतमलगायतका नेताहरु पोखरा पुगेका छन्।

विस्फोटबाट पार्किङमा राखिएका गाडीमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग १ ख ८८९१ नम्बरको बसका सिसा फुटेको छ । विस्फोटलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ । हालसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । यद्यपी मंसिर १४ गते हुन लागेको निर्वाचनलाई प्रभावित तुल्याने उद्देश्यले विस्फोट गराइएको हुनसक्ने जनाइएको छ ।

यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

 

प्रकाशित: ११ मंसिर २०७६ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App