७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायतको शिव मन्दिरमा लामिछानेले दिए पाँच सय किलोको शिवलिंग

लण्डन - युवा व्यवसायी रवीजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिरमा पाँच सय किलोको शिवलिङग प्रदान गरेका छन्। एउटै ढुंगाबाट बनेको शिवलिंग नेपाली समुदायले निर्माण गरेको मन्दिरमा उनले चढाएका हुन्।

लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहमा लामिछानेले बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे। राजदूत सुवेदीले सो मूर्ति शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङलाई हस्तान्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै राजदूत सुवेदीले यस्ता संस्कृतिक सम्पदाले नेपाली नेपालीबीच एकता बढाउन मद्त पुग्ने बताए। ।

सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन ३ दिने महायज्ञ गरेको थियो।

पर्वत स्थायी घर भएका व्यवसायी तथा समाजसेवी लामिछाने लण्डनमा व्यवसाय गर्दै आएका छन्। उनले ४० भन्दा बढी विद्यार्थीलाई जिल्लामा छात्रवृति प्रदान गरेका छन्। त्यसलाई २०२० सम्ममा १ सय जना पुर्याउने बताएका छन्। २०७२ को भूकम्प पछि सरकारले बनाएको राहत कोषमा ५१ लाख सहयोग गरेका थिए। उनले भूकम्पको समयमा करिव २ करोड ५० लाख भन्दा बढीको राहत सामाग्री सेना, प्रहरी र परिवार मार्फत वितरण गरेका थिए।

उनले आफ्ना बुवा चन्द्रजंग लामिछानेको सम्झनामा धुम्बाराहीमा चन्द्रेश्वर महादेव मन्दिर तथा दुई तले रुक्विणी भजन किर्तन मण्डल समेत निर्माण गरेका छन्। मौलाकाली मन्दिर नवलपरासीमा भान्छा घर र खानेपानी ट्याङकी निर्माणको लागि उनले २० लाख सहयोग गरेका थिए। उनले त्यहाँ स्वागतद्वार समेत बनाएका छन्।

 

प्रकाशित: ११ मंसिर २०७६ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App