नवलपरासी – नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ। निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
दलहरुले प्रचार–प्रसार शान्तिपूर्णरूपमा गरिरहेको र निर्वाचनको तयारी सौहार्दपूर्णरूपमा चलिरहेको अधिकारीले बताउनुभयो। मतदान हुने वडामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना गरी ४५ जना खटाइने उनले बताए। निर्वाचन हुने वडा र त्यस आसपासको क्षेत्रमा प्रशासनले मङ्सिर १२ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ। वडा नं ५ को निर्वाचन हुने स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत खटाइएको अधिकारीले बताउनुभयो। बौदीकाली–५ मा ८५३ मतदाता रहेका छन्।
बौदीकाली–५ स्थित उदय आधारभूत विद्यालय जौबारीलाई मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिए। मतदातालाई सही तरिकाले मत खसाल्न जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। यसअघि स्थानीय तहको निर्वाचनमा यहाँ ८०१ मतदाता थिए। वडाध्यक्षका लागि तीन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। वडाध्यक्ष पदका लागि नेकपाका खिमबहादुर थापा खरुमगर र काङ्ग्रेसका तुलबहादुर राना उम्मेदवार रहेका छन्। उनीहरु नाताले मामा भान्जा हुन्।
नेकपाका उम्मेदवार खिमबहादुरले १५ बुँदे घोषणापत्र जारी गरी घरदैलो कार्यक्रमलाई तीव्रतादिएका छन्। नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाका अनुसार पार्टीका सबैजसो नेता प्रचारप्रसारमा जुटेका छन्। काङ्ग्रेसले पनि निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेको छ। सांसद तथा जिल्लाका नेतासमेतको टोली घरदैलो अभियानमा जुटेको काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत