coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडाैँ – प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार देखिएपछि बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनेकाे छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ।

मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेको थियो। त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनलाई बोल्न तथा केही समय कसैसँग भेटघाट गर्न निषेध गरिने पनि डाक्टरहरुले जनाएको छ।


 

प्रकाशित: ११ मंसिर २०७६ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App