coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ढकाल, भँंडेल र लवजू मुख्य प्रतिस्पर्धी

डीपी ढकाल नेकपा, कृष्णलाल भँंडेल नेपाली कांग्रेस र निरज लवजू नेमकिपा।

भक्तपुर – भक्तपुर–१ प्रदेश ‘क’ (पुरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका–१० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि यसपटक पनि तीन दलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। सतारूढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र भक्तपुरमा निरन्तर प्रभुत्व जमाउँंदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यसपटक नेकपाबाट डीपी ढकाल, कांग्रेसबाट कृष्णलाल भँंडेल र नेपाल मजदुर किसान पार्टीबाट निरज लवजू प्रतिस्पर्धामा छन्।

नेकपाका ढकाल यसअघि पनि यही निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार थिए। त्यसबेला उनले सात सय ८४ मत पाएका थिए। त्यतिबेला तत्कालीन एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए। त्यसबेला लामिछानेले १२ हजार सात सय ८९ मत ल्याएर विजयी भएका थिए। उक्त चुनावमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री नौ हजार नौ सय ७७ मतका साथ निकटतम प्रतिस्पर्धी बनेका थिए। नेपाल मजदुर किसान पार्टीका निरज लवजू सात हजार १९ मत पाएर तेस्रो भएका थिए।

हालका मुख्य प्रतिस्पर्धीमध्ये कांग्रेसका भँंडेल मात्रै नयाँं अनुहार हुन् भने नेकपाका ढकाल र नेमकिपाका लवजू पुरानै अनुहार हुन्। यद्यपि भँंडेल पनि २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट पराजित उम्मेदवार थिए।

यसपटकको यहाँंको चुनावी प्रचारको तीव्रतासँंग अर्काे मोड लिएपछि थप रौनक छाएको छ। कांग्रेसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले चुनावी एकता गरी सघाउने भएपछि नयाँं रौनक छाएको हो।

गएको यस क्षेत्रको प्रदेशसभामा राप्रपा संयुक्तबाट उम्मेदवारी नभए पनि यस क्षेत्रको पछिल्लो स्थानीय निकायको निर्वाचनमा उक्त पार्टीबाट झन्डै ६ हजार मत पाएको थियो। यसपटक पनि यस क्षेत्रमा राप्रपा संयुक्तबाट उम्मेदवारी परेको छैन। अझ रोचक कुरो त यसपटक नेकपालाई हराई कांग्रेसलाई जिताउन तत्कालीन एमालेबाट विजयी उम्मेदवार हरिशरणका दाजु रामशरण सबैभन्दा बढी लागिपरेका छन्। कांग्रेस र राप्रपा संयुक्तबीचको यसपटकको चुनावी एकता घोषणासभामा उनले यसपटक नेकपा, नेमकिपालाई भन्दा पनि कांंग्रेसलाई जिताउन आफूहरूको जीवनमरणको सवाल भएको चर्काे कुरा गरेका थिए।

मुख्य प्रतिस्पर्धीमध्ये नेकपाका शीर्ष नेताले आफ्नो उम्मेवारलाई विजयी गराए उनलाई मन्त्री बनाउने घोषणा गरेका छन्। उनी मन्त्री भएसँंगै यस क्षेत्रको विकासका लागि बजेट ल्याएर कायापलट गराइदिने प्रतिबद्धता जनाएका छन्। तर यो कुरालाई विपक्षी दलहरूले आचारसंहिताविपरीत भएको भन्दै आलोचना गर्दै आएका छन्। कांग्रेसका शीर्ष नेताले भने चुनावी भाषणका क्रममा दुई तिहाइको सरकारले केही गर्न नसकेकाले यो दुई तिहाइको सरकारलाई सचेत पार्न आफूहरूलाई विजयी गराउनुपर्ने तर्क राख्दै आएका छन्। जनताले खबरदारीको सन्देश दुई तिहाइ सरकारलाई दिन कांग्रेसको विजयी आवश्यक भएको नेताहरूले बताउँंदै आएका छन्।

यता नेमकिपाका नेताले भने चुनावी सभामा ठूला पार्टीको कमजोरी कोट्याउँदै मत मागिरहेका छन्। ठूला पार्टीबाट जनता वाक्कदिक्क भएको भन्दै उक्त पार्टीका नेताले आफनो स्वार्थका लागि नभई देश र जनताका लागि काम गर्नेलाई मत दिनुपर्ने बताउँदै आएका छन्। मुख्य प्रतिस्र्धी दलहरूबाहेक यसपटक यो क्षेत्रको निर्वाचनमा राजनीतिक दलहरूबाट नौ र स्वतन्त्रबाट १० जना गरी १९ जनाको उम्मेदवारी परेको छ। नेकपा मालेबाट श्याम नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शन मुनंकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिगसार लामा र नेपाली कांग्रेस बिपीबाट मधुसूदन न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले ५४ मतदान केन्द्र निर्धारण गरेको छ। चाँगुनारायण नगरपालिका वडा १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको सो क्षेत्रमा कुल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ। सो क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको र २०७४ सालको निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कुल एक हजार चार सय ८४ मतदाता थपिएको जनाइएको छ। निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगत्नारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। गएको निर्वाचनमा यस क्षेत्रबाट विजयी हासिल गरेका हरिशरण लामिछानेको हृदयाघातका कारण मृत्यु भएपछि अहिले यो स्थानमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: ११ मंसिर २०७६ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App