coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बानेश्वरको तरकारी बजार भत्काइएकोमा महासङ्घको विरोध

काठमाडौँ-नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ । 

महासङ्घले शनिबार विज्ञप्ति जारी गरी तीन सयभन्दा बढी व्यवसायी र हजारौँ किसानको प्रत्यक्ष जीविकोपार्जन खोस्ने तथा लाखौँ उपभोक्ताको तरकारी उपभोग गर्ने अधिकार हनन हुने गरी चालिएको सो कदमको भत्र्सना गरेको छ । 

अन्य विकल्पको खोजी गरी व्यवसायी स्वयम् अन्य ठाउँमा बजार स्थानान्तरण गर्ने प्रयास गरिरहेको बेला डोजरको प्रयोग गरी बलजफ्ती भौतिक संरचना, कृषि उपज तथा धनमाल नष्ट गरिएको र राज्यको उक्त कदमले किसानले उत्पादन गरेका एक सय ५० टनभन्दा बढी कृषि उपज बजारसम्म नपुगी खेरजाने अवस्था सृजना भई करोडौँ आर्थिक क्षति पुगेको महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

बजार भत्काइएपछि विस्थापित हुन पुगेका व्यवसायीलाई तत्काल अर्को बजारको व्यवस्था गरी पुनस्र्थापना गर्न, व्यवसायिक ग्यारेन्टी र स्थायित्व प्रदान गर्न तथा क्षति हुन पुगेका धनमाल र कृषि उपजको क्षतिपूर्ति उपलब्ध गराउन महासङ्घले सरकारसमक्ष माग गरेको छ । 

देशैभरका कृषि बजार सङ्कटमा रहेको सन्दर्भमा महासङ्घले पटक–पटक कृषि ऐन निर्माण गरी नयाँ कृषि बजारको निर्माण तथा व्यवस्थापन गर्न, सञ्चालनमा रहेका बजारमा देखापरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै आएकामा उल्टै दादागिरी शैलीमा राज्य उत्रिएकाबाट कृषक, व्यवसायीका समस्या समाधान गर्न तथा कृषि क्षेत्रको विकास गर्न राज्य उदासिन छ भन्ने प्रष्टिएको विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रकाशित: २५ मंसिर २०७३ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App