१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिज्ञप्ति जारी गर्दै प्रभावित जनताको तत्काल उद्धार, राहत र सहयोग सक्रिय हुन आग्रह गरेका हुन्।

धादिङ, गोरखा, दोलखालगायत देशका विभिन्न भागहरुमा कतिपय व्यक्ति हराइरहेका, दुईतर्फको पहिरोको बीचमा थुनिएका, सयौंको संख्यामा घाइते भएकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्ष भएको जनाउँदै तत्काल राहत र उद्दारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

बाढी र पहिरोबाट भएको धनसम्पत्तिको अपूरणीय क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पीडित परिवारहरुको उद्दार र राहतका लागि पार्टीका स्थानीय निकाय तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई सहयोग पुर्याउन आग्रह गरेका छन् ।

 

प्रकाशित: १७ असार २०७३ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App