विकास बैंकमा मुक्तिनाथको नाफा अधिक

बुधबार, ११ मङि्सर २०७६, ०८ : ०८ जिपी भण्डारी

काठमाडाैँ – चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। यसले अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकलाई पछि पारेको छ।

हालै सार्वजनिक चालु वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत साउनदेखि असोजसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा करिब ६ प्रतिशतले बढेको छ। बैंकले यो वर्षको पहिलो तीन महिनामा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बंैकले गत आवको सोही अवधिमा २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी, कामना सेवा विकास बैंकले चालु आवको पहिलो तीन महिनामा ३० प्रतिशले नाफा वृद्धि गरेको छ। गत वर्ष १४ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु अवाको असोज मसान्तसम्म १८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कैलाश विकास बैंकले चालु आवको पहिलो त्रैमासमा १७ करोड पाँच लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा करिब ७ प्रतिशत बढी हो। बैंकले गत आवको सोही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। त्यसैगरी, ज्योति विकास बैंकले चालु आवको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा शतप्रतिशतभन्दा बढी नाफा बढाएको छ। यसको नाफा ११८ प्रतिशतले बढेको छ। गत वर्ष पहिलो त्रैमासमा ६ करोड ३३ लाख रुपैयाँ कमाएको ज्योतिले यसपालि १३ करोड ७९ लाख रुपैयाँ कमाएको हो।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यो वर्षको पहिलो तीन महिनामा ३३ प्रतिशतले नाफा बढाएको छ। बैंकले सो अवधिमा १२ करोड ७४ लाख रुपैयाँ कमाएको छ। यसले पोहोर सो अवधिमा नौ करोड ६३ लाख रुपैयाँ कमाएको थियो।

त्यसैगरी, लुम्बिनी विकास बैंकले पोहोरको भन्दा थोरै बढी नाफा कमाएको छ। गत वर्ष ११ करोड ६३ लाख कमाएको लुम्बिनीले यसपालि ११ करोड ९९ लाख रुपैयाँ कमाएको हो। महालक्ष्मी विकास बैंकको भने थोरै मात्र नाफा बढाएको छ। पोहोर १० करोड ५६ लाख कमाएकोमा यसपालि १० करोड ६८ लाखमात्र कमाएको छ।

गण्डकी विकास बैंकको भने नाफा घटेको छ। पोहोर पहिलो त्रैमासमा १० करोड २७ लाख कमाएको यो बैंकले यसपालि आठ करोड ६९ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

देव विकास बैंकले करिब १३ प्रतिशतले नाफा बढाएको छ। गत आवको पहिलो त्रैमासमा पाँच करोड तीन लाख रुपैयाँ खुद नाफा गरेकामा बैंकले चालु आवको सोही अवधिमा पाँँच करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ।

त्यसैगरी, साँग्रिला डेभलपमेन्ट बैंकले करिब ६५ प्रतिशत नाफा बढाएको छ। बैंकले चालु आवको असोज मसान्तसम्म पाँच करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको सोही अवधिमा तीन करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको नाम                 चालु आवको नाफा            गत आवको नाफा
मुक्तिनाथ विकास बैंक    २२ करोड ८७ लाख    २१ करोड ७३ लाख
कामना विकास बैंक    १८ करोड ६५ लाख    १४ करोड ४ लाख
कैलास विकास बैंक    १७ करोड पाँच लाख १६ करोड ४८ लाख
ज्योति विकास बैंक    १३ करोड ७९ लाख    ६ करोड १३ लाख
शाइन रेसुङ्गा १२ करोड ७४ लाख     नौ करोड ६३ लाख
लम्बिनी विकास बैंक    ११ करोड ९९ लाख    ११ करोड ६३ लाख
महालक्ष्मी बैंक    १० करोड ६८ लाख    १० करोड ५६ लाख
गण्डकी विकास बैंक    ८ करोड ६९ लाख    १० करोड २७ लाख
देव विकास बैंक    पाँच करोड ९६ लाख     पाँच करोड तीन लाख
सांग्रिला डेभलपमेन्ट बैंक    पाँच करोड ४८ लाख    तीन करोड ३४ लाख

स्रोत : विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण।








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad