coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिँचाइ योजना सुरु

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साँढे सात करोडभन्दा बढीको सिँचाइ योजना सुरु गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यकासाथ लोकतान्त्रिक सिँचाइ योजना शिलान्यास गरिएको हो।

टुवा खोला मुहान भएको सिँचाइ योजना प्रदेश १ अन्तर्गत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको सात करोड ७२ लाख लागतमा सुरु गरिएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने टुवा खोला किनारको अखटेमा शनिबार आयोजित कार्यक्रममा दिप्रङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले आयोजना शिलान्यास गरेका हुन्।\

३० महिनामा पूरा गर्नेगरी विवस इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंले गत साउनमा ठेक्का सम्झौता गरेको हो। शिलान्यासको मितिसम्म आइपुग्दा निर्माण कम्पनीले चार महिना गुजारिसकेको छ। जिरोप्वाइन्टबाट १३ किलोमिटर दूरी रहेको आयोजनाको नौ किलोमिटर खण्डमा पाइप, आरसिसी, पिसिसी, ग्याबिन वाललगायत संरचना राखिने छ। सिँचाइ कुलो टुवा खोलाबाट पञ्चमीबजार हुँदै बतासेसम्म पु¥याइने जनाइएको छ। तीन वडामा सिँचाइ सेवा विस्तार गर्दै कृषिको बृहत्तर विकासका लागि आयोजना सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

सिँचाइ योजना शिलान्यासका क्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राई लगायतको उपस्थिति थियो।

प्रकाशित: ११ मंसिर २०७६ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App