७ वैशाख २०८१ शुक्रबार
कला

प्रमोद र मनोज सुजाता बचाउ अभियानमा

काठमाडौं– गायक प्रमोद खरेलको पहलमा असारमा दोलखाको सुन्दरावतीमा रहेको सरस्वीत प्राथमिक विद्यालयको पुनः निर्माण भयो। त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाए।

पछिल्लो समय सामाजिक कार्य सक्रिय देखिएका गायक खरेल यतिवेला प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेतीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन् । उनीसँगै हास्यकलाकार मनोज गजुरेल र नेपाली कांग्रेस युवा नेता विश्वप्रकाश निवासी पनि सहयोग जुटाउन व्यस्त छन् । २२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।

‘बानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’

सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बरः ४९५४४९२३३७५२४००१ सहयोग गर्न सक्ने गायक खरेलले बताएका छन् ।

प्रकाशित: २५ मंसिर २०७३ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App