coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तलब वृद्धिको माग गर्दै प्रदर्शन

जाग्रेब – तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौं शिक्षकले प्रदर्शन गरेका छन् ।

देशको राजधानी जाग्रेबस्थित मुख्य क्षेत्रमा भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजारभन्दा बढी सहभागी भएका थिए । उनीहरुले तलब वृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनुपर्ने मागसमेत उठाएको अधिकारीले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब वृद्धिको माग गर्दै प्रदर्शन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै शिक्षकहरुले प्रदर्शन गरेका हुन् ।

लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीले आग्रह सरकारसमक्ष आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

शिक्षकको प्रदर्शनलाई लिएर सरकारी पक्ष र आन्दोलनकारीका संगठनकाबीचमा वार्ता हुन लागेको पनि जनाइएको छ । वार्तापछि सहमति भए लामो समयदेखि बन्द रहेका सबै विद्यालय खुल्ला हुने र पढाइ हुने आन्दोलनकारीका नेताले बताएका छन् ।

प्रधानमन्त्री अन्ड्रेज प्लेङ्कोभिकले आन्दोलनकारी र सरकारबीचमा चाँडै नै सहमति हुने पत्रकारसमक्ष बताएका छन् । ‘बालबालिकाप्रति उत्तरदायी हुन र उनीहरुको पठनपाठन सुचारु गराउन म सबै युनियन र युनियन नेतारुलाई अनुरोध गर्दछु,’ उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्लेङ्कोभिकले जतिसक्दो चाँडो आन्दोलन अन्त्य गरेर शिक्षक कक्षाकोठामा फर्किने विश्वास पनि व्यक्त गरेका छन् । शिक्षकको तलब यसअघि पनि ११ प्रतिशत वृद्धि गरिएको स्मरण गराउदै आन्दोलन फिर्ता लिन शिक्षक संगठनसँग प्रधानमन्त्री प्लेङ्कोभिकले आग्रह गरेका छन् ।

प्रकाशित: ११ मंसिर २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App