७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं – ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा मंगलबार  पुलिसलाई अन्तिम दुईमा पु¥याउन कप्तान जुमानु राईको गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिस दोस्रो हाफमा आक्रामक बनेको थियो। खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै पुलिस उपाधिनजिक पुगेको हो।

पहिलो हाफमा बिबिसीले पुलिसलाई दबाबमा राखे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्नबाट चुकेको थियो। बलमा पकड बनाए पनि पुलिसको पोस्टमा आक्रमण बुन्न सकेन। पुलिसले काउन्टर एट्याकमा मुभ बनाउँदै बिबिसीलाई दबाबमा राखे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

गोलकर्ता पुलिसका कप्ता नजुमानु राई खेलको म्यान अफ दी म्याच घोषित भए। जुमानुले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। अब पुलिसले उपाधिका लागि बुधबार एपिएफ र रुस्लान थ्री स्टार क्लबको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ।

प्रकाशित: ११ मंसिर २०७६ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App