पोखरा – ब्याडमिन्टन, सातै देशका खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्ने एउटा मात्रै खेल हो । सातै देशका खेलाडीले ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन् । ७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिनेछन् । नेपाल र भारतका (महिला र पुरुष) १०÷१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
ब्याडमिन्टनका लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षकको उपस्थिति रहनेछ । पुरुष १० र महिला १० खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्दा ५ जना भने प्रशिक्षकको भूमिका रहनेछन् । भारतले पनि ब्याडमिन्टनमा निर्धारित कोटाअनुसार नै खेलाडीलाई सहभागिता गराउनेछ । भारतबाट १० पुरुष तथा १० महिला खेलाडीको सहभागिता निश्चित छ ।
पाकिस्तानबाट खेलाडी तथा प्रशिक्षक गरी १३ सदस्यीय टोली पोखरा आउनेछ । ५ पुरुष, ५ महिला खेलाडीसहित ३ प्रशिक्षक सहभागिताका लागि आउँदै छन् । बंगलादेशबाट १६ सदस्यीय टोली पोखरा आउनेछन् । ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकको रूपमा रहने गरी आउँदै छन् । श्रीलंकाबाट १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदै छ । ७ पुरुष र ७ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ३ जना प्रशिक्षक छन् ।
भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितामा सहभागी हुनेछ । सबैभन्दा कम खेलाडीलाई कोर्टमा उतार्नेछ । ४ पुरुष, २ महिला खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्दा प्रशिक्षक एक जना मात्रै आइपुग्नेछन् । माल्दिभ्सबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली आउने तय भएको छ । ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुनेछन् ।
पोखरामा हुने ब्याडमिन्टन मंसिर १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ । टिम इभेन्टतर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वार्टरफाइनलका खेल हुनेछन् भने मंसिर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुने तालिका छ । व्यक्तिगत इभेन्टतर्फ मंसिर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल र डबल्स , मिक्स्डतर्फको प्रारम्भिक खेल हुनेछन् । १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाईनल खेल हुने तालिका छ । १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन् भने २० गते फाइनल खेल हुने प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए । उनका अनुसार भारोत्तोलन, आर्चरी र ह्यान्डबलतर्फ ६ देशले प्रतिस्पर्धा गर्नेछन् । ह्यान्डबलमा भुटान र भारोत्तोलन तथा आर्चरीमा माल्दिभ्सको सहभागिता छैन ।
ब्याडमिन्टन हलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘ब्याडमिन्टनका लागि हल बनाउने काम सकिएको छ, अब म्याट बिछ्याउने र सरसफाइ गर्ने काम मात्र बाँकी छ,’ कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले भने, ‘हलभित्र बत्ती जडान भइसकेको छ । हलभित्र र बाहिर सिसी क्यामेरासमेत जडान गरिएको छ । ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ वटा कोर्ट बनाइएको छ । कोर्टको मार्किङ गर्न भने बाँकी छ । प्रतियोगिताको लागि भने ३ वटा कोर्ट मात्र प्रयोग गरिने संघले जनाएको छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत