स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै स्थानीय आन्दोलित

मङ्गलबार, १० मङि्सर २०७६, १९ : ३५ पुष्कर भण्डारी

डडेल्धुरा- स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डडेल्धुरा पुगी १७औ पटक सत्याग्रह थालेको डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन गरि रहेको नागरिक आन्दोलन संघर्ष समिति डडेल्धुराले आगामी कार्यक्रम तय गरेको छ।

डा.गोबिन्द केसीले दार्चुला जिल्लामा रहेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयलाई प्राथमिकता दिदै आफ्नो अनसन स्थगन गरेपछि उनले राखेका माग सम्बोधन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम सहित आगामी कार्यक्रम तय गर्ने पूर्व योजना अनुसार शनिबार सर्वदलिय र सर्वपक्षिय छलफल गरि निष्कर्ष निकाल्ने गरि कार्यक्रमलाई निरन्तरता दिएको हो।

जिल्लाको स्वास्थ्य पूर्बाधार तथा सुदूरपश्चिमको पहाडी जिल्लाहरुको सबैभन्दा ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालाको स्तरोन्नती, दरबन्दी अनुरुप चिकित्सक व्यवस्था, सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्र मानिने डडेल्धुरा जिल्लामा मेडिकल कलेज स्थापना लगायत नागरिक सरोकारका बिबिध विषयमा छलफल गर्न नागरिक आन्दोलन संघर्ष समितिको आह्वानमा बैठकमा अन्र्तक्रिया गरि प्राप्त सुझावसल्लाहका आधारमा आन्दोलनको स्वरुप तयार गरिने नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले बताए।

बैठकमा जिल्लास्तरीय सबै राजनीतिक दलका प्रमुख तथा जिम्मेवार प्रतिनिधि, सामाजिक संघ संस्थाहरु, नागरिक समाज सदस्य संस्थाहरु लगायत नागरिक अगुवा र अभियन्ताहरुलाई नागरिकको हितमा काम गर्ने जिल्लावासी आम नागरिक पेशाकर्मीको साझा विषय भएकोले सहभागिता छलफलका लागि औपचारिक रुपमा आमन्त्रण गरिने भएको छ।

नागरिक समाज डडेल्धुराका संयोजक जोशीको अध्यक्षतामा बसेको बैठकमा पहिलो चरणमा भएको नागरिक आन्दोलनका जिम्मेवार अभियन्ताहरुले मंसिर महिना शुभ विवाह लगनको समय भएकोले सर्बसाधारणलाई दुःख कष्ट नहुने गरि सबै तहका जनप्रतिनिधिहरुसँग समेत छलफल अन्र्तक्रिया कार्यक्रम गर्दै उपयुक्त निष्कर्षका आधारमा कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने बताइएको छ।   








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad