coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेका अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताए। उनले संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उनको स्वास्थ्यमा अरु पूराना कुनै पनि रोगको समस्या नभएको पनि स्पष्ट पारे। अहिले प्रधानमन्त्री ओली सघन उपचार कक्षमा चिकित्सकहरुको निगरानी छन्।

मंगलबार विहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल पु¥याइएको थियो। प्रधानमन्त्री ओलीको चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए।

प्रकाशित: १० मंसिर २०७६ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App