coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बास्केट बलमा सुनसरी प्रथम

उदयपुर-‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ०७३० का लागि गाईघाटमा आयोजित बास्केट बल छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ। त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा गाईघाटमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालित छनौट प्रतियोगिता सम्पन्न भएको हो। 

प्रतियोगिताबाट सुनसरी प्रथम स्थानमा छानिएको छ। उदयपुर र इलामले क्रमशः दोस्रो र तेस्रो स्थान पाएका छन्। पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना र उदयपुर खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा ५ जिल्लाबाट प्रतिस्पर्धीको सहभागिता रहेको थियो। उदयपुर, इलाम, सुनसरी, झापा र मोरङबाट मात्र प्रतियोगीको सहभागिता रहेको आयोजक खेलकुद उदयपुरले जनाएको छ। 

प्रतियोगितामा छनौटमा परेका टिमहरुले आगामी पुस ७ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुन लागेको सातौं खेलकुद प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगिता सम्पन्न भएपछि क्याम्पसमै आयोजित एक कार्यक्रममा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। क्याम्पस प्रमुख रमेश रोक्का, पूर्वाञ्चल खेलकुद विकास समितिका पदाधिकारी तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले विजेता खेलाडी, निर्णायक तथा टिम व्यवस्थापक र कोचलाई प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७३ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App