४ वैशाख २०८१ मंगलबार
समाज

मेडिकल कलेज सञ्चालकको सर्तः शुल्क समायोजन गर्छौ, फिर्ता गर्दैनौं

काठमाडौं- निजी मेडिकल कलेजका सञ्चालकहरुले सरकारको निर्देशन अनुसार शुल्क समायोजन गर्न तयार रहेको बताएका छन्। उनीहरुले विश्वविद्यालयले तोकेको भन्दा बढी शुल्क नलिएको दाबी गर्दै सरकारको निर्देशन अनुसार शुल्क समायोजन गर्न तयार रहेको बताएका हुन्।

तर उनीहरुले विद्यार्थीलाई शुल्क फिर्ता गर्न भने नसक्ने बताएका छन्। यसअघि सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले छलफलका लागि निजी मेडिकल कलेज सञ्चालकहरुलाई सोमबार मन्त्रालय बोलाएका थिए।

सोमबार मेडिकल सञ्चालकहरुले थप एक दिनको समय माग गरेपछि मंगलबार पुनः मन्त्रालयमा छलफल भएको हो। छलफलपछि निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न लचिलो बनेका हुन्। यद्यपी उनीहरुले २०७२ सालमा गरिएको मेडिकल कलेज शुल्क निर्धारण नै वैज्ञानिक नभएको बताएका छन्। उनीहरुले सरकारले २०७३ सालमा शुल्क पुनरावलोकन समिति गठन गरी निर्धारण गरेको शुल्कलाई कार्यान्वयन नगर्दा समस्या आएको समेत बताए।

सरकारले एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटी लगायतका आठ वटा संकायको शुल्क निर्धारण गरेको छ। तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन्। जसको निरन्तर विरोध र प्रदर्शन भइरहेको छ।

प्रकाशित: १० मंसिर २०७६ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App