coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पीडितलाई राहत वितरण

आगलागी पीडितलाई रकम हस्तान्तरण गर्दै उपमेयर अप्सरा न्यौपाने । तस्बिरः नागरिक

जुम्ला- चन्दननाथ नगरपालिका– २ कालेखोलीमा आगलागीबाट पीडित बनेका परिवारलाई चन्दननाथ नगरपालिकाले राहत दिएको छ। आइतबार ग्याँस लिक हुँदा घरमा आगो लागेपछि २४ कोठे घर जलेर नष्ट भएको थियो। नगरपालिकाले घरधनीलाई ६० हजार रुपैयाँ र घर भाडामा बसेका १५ परिवारलाइ १० ÷१० हजार रुपैयाँ राहत रकम उपलव्ध गराएको हो।

आगलागीबाट सबै सामान नष्ट भएकोले तत्कालिन आवश्यकता पुर्तिका लागि नगरपालिकाले थोरै भएपनि राहत रकम उपलव्ध गराएको उपमेयर अप्सरादेवी न्यौपानेले जानकारी दिइन्। दुई जनालाई नगरपालिकामा उपलब्ध गराएकोमा सबैलाइ घटनास्थलमा राहत रकम दिइएको हो। साँघुरो सडकका कारण दमकल समयमै लैजान नसक्दा आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन्। यो रकम प्रयाप्त होइन्, उपमेयर न्यौपाने भनिन्,‘ तत्काल खाने, कपडा, भाडाकुँडा खरिदको लागि मात्र यो रकम दिइएको हो।’

उनले भनिन्,’ ‘कुनै पनि घरमा दमकल छिर्न सक्ने बाटो हुनुपर्ने, नक्सापास गरेर मात्र घर निर्माण गर्नुपर्ने, आगलागी नियन्त्रणका सामाग्री हरेक घरमा राख्नुपर्ने प्रावधान अघि बढाउनेछ।’ गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो। भदौ १६ मा चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो।

दुबै घरमा आगलागी हुने बित्तिकै दमकललाई खबर गरे पनि निभाउन सकेनन्। बाटो नभएकाले दमकल लिन सकिने अवस्था रहेन्। नवराज श्रेष्ठको घरमा आगलागी हुँदा ६० लाख ७९ हजार रुपैयाँ र जयबहादुरको घरमा आगलागी हुँदा ७३ लाख रुपैयाँको क्षति भएको थियो।

पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेका छन्। दमकल, डोजर र नगरपालिकाभित्र रहेका सामान सबै तयारी हालतमा राखिएका छन्। आगो नियन्त्रणका सामाग्री खरिद गर्ने र दक्ष जनशक्ति राखिने छ। मेयर कान्तिका सेजुवाल नगरपालिकाको केन्द्रमा निकै ठुलो पानी पोखरी निर्माण बताउँछिन्।

प्रकाशित: १० मंसिर २०७६ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App