१३औं साग: आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे

मङ्गलबार, १० मङि्सर २०७६, १५ : १३ नागरिक

काठमाडाैं- आसन्न १३औं दक्षिण एशियाली खेलकूद (साग)का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन्। यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए।

आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन्। आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने भएका छन्।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको सङ्ख्या बढी छन्  आठ खेलका लागि ४ सय ९ जना महिला र ३२९ जना पुरुष खेलाडी सहभागी हुने छन्।

भारतबाट पाँच खेलको लागि १८० जना खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ जना पुरुष, ६९ जना महिला खेलाडी तथा २५ जना अफसियल रहेका छन्। भारतले महिला क्रिकेटमा भने सहभागिता जनाएको छैन्।

माल्दिभसबाट पाँच खेलमा १३६ खेलाडी तथा अफियलको सहभागिता रहेको छ ,जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागिता रहेको छ । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन्। बङ्गलादेशबाट ६ खेलको लागि खेलाडी तथा अफिसियल गरी १५० जनाको सहभागिता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बङ्गलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन्।

पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागिता रहेको छ, जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागिता रहेको छ। पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभाीगता जनाएको छैन्।

श्रीलङ्काले आठ खेलमा १७५ जना खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ। पुरुष खेलाडी ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जनाको सहभागिता रहेको छ।

भुटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ जनाको सहभागिता रहेको छ। जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल सात जना रहेको छ। प्रतियोगितामा सबैभन्दा कम सहभागिता भूटानको रहेको छ। भूटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र  ट्राइयाथोलनमा सहभागिता जनाएको छैन्।

पोखरामा ९ खेल हुने भनिए पनि नेपालले स्वर्णपदकको आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ। सागमा २७ खेल हुने भनिए पनि २६ खेलमात्र हुने भएको छ। यसमध्ये पोखरामा ८ खेल हुनेछ।  








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad