७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अल्बानियामा भूकम्प : चारको मृत्यु, १५० घाइते

तिरान- अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ।

मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन्। अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो।     

घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिए।

उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो। घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन्। एएफपी

प्रकाशित: १० मंसिर २०७६ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App