coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुनसान थवाङको उपनिर्वाचन: सबै सदस्यको राजीनामा

तस्विर:थवाङ गाउँ। फोटो दिनेश/नागरिक

रोल्पा- यहिं मंसिर १४ गते उपनिर्वाचन हुन थालेको थबाङ गाउँपालिका वडा न. १ का सबै वडा सदस्यहरुले राजीनामा दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित उनीहरुले एक मुस्ट राजीनामा दिएका हुन्। आउदै गरेको वडा अध्यक्षको चुनावमा स्वतन्त्र उमेदवार भद्र झाकृलाई निर्विरोध नबनाएपछि उनीहरुले राजीनामा दिएका हुन्।

वडा सदस्य जीतकुमारी बिक र मानपुरी पुन मगर्नीले गत कार्तिक ३० गते वडा अध्यक्ष रित्त भएका कारण गाउँपालिकाका अध्यक्ष कहाँ राजिनामा बुझाएका थिए। ‘दुई जना सदस्यको राजीनामा आएको रैछ। मैले अस्ती ८ गते मात्र पाए। वडा अध्यक्षको निर्वाचन हुदै गरेकोले उक्त राजीनामा स्वीकृती गरेको छैन।’ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘उहाँहरुले दिएको राजीनामा वडामा फर्काइदिएको छु।’

यो भन्दा अगाडि वडा सदस्य भद्र झाकृले वडा अध्यक्षमा उमेदवारी दिनका लागि पदबाट राजीनामा दिएका थिए भने अर्का सदस्य लकप बुढा निर्वाचित भएपछि आजसम्म कुनै बैठकमा सहभागि भएका छैनन्। गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘लकपजी बाहिरै हुनुहुन्छ। उहाँ निर्वाचित भएदेखि कुनै बैठकमा समेत सहभागि हुनुहुन्न त्यसैले उहाँको पद स्वतस् गएको छ।’

वडा सदस्यबाट राजीनामा दिए पनि स्वीकृती नभएपछि जीतकुमारी बिकले दैनिक काबा वडा अध्यक्षका रुपमा काम भने गरिरहेकी छिन्। ‘नियमले मिल्दैन भनेर हाम्रो राजीनामा स्वीकृती भएको छैन। वडामा कोहि नभएकाले अहिलेलाई काम गरिरहेको छु।’ सदस्य बिकले भनिन् ‘नयाँ वडा अध्यक्ष आएपछि फेरी राजीनामा दिने कि उहि राीजनामा नै यथावत रहन्छ के गर्ने सल्लाह गरेर अगाडि बढ्ने छु।’

उता राजीनामा दिएर वडा अध्यक्ष पदमा उमेदवारी दिएर मनोनयन फिर्ता लिएका भद्र झाकृ उहि प्रकृयाको अरु सदस्यहरुका राजीनामा स्वीकृती नभएकोमा असन्तुष्ट छन्। ‘मेरो राजीनामा गाउँपालिका अध्यक्षले स्वीकृत गर्ने तर उहि प्रकृतीको अन्य सदस्यको राजीनामा स्वीकृती नगर्ने हुन्छ।’ झाकृ भन्छन् ‘उहि नियम व्यक्ति अनुसार कसरी फरक हुन्छ।’

चुनाव आयो तर सुनसान छ थवाङ
अन्यत्र जिल्लामा चुनावी माहोल तातिईरहंदा रोल्पाको थवाङमा भने सुनसान छ। गाउँतिर चुनावी तडक भडक केहि देखिदैन। ‘यहाँ चुनाव तातिएको छैन। उत्साह पनि देखिदैन। भित्रभित्रै भोट मागिरहेका होलान् तर चुनाव लागे जस्तो माहोल छैन।’ गाउँपालिकाका अध्यक्ष बिरबहादु घर्तीले भने ‘यो पटक त्यति धेरै मतदान होला जस्तो पनि देखिदैन।’

चुनाव प्रचारका लागि थवाङ पुगेका कांग्रेस जिल्ला सभापती अमरसिंह पुन पनि चुनावी माहोल नतातेको बताउँछन्। ‘थवाङको चुनाव सुनसान छ। माहोल तातेको छैन।’ उनी थप्छन् ‘माहोल हेर्दा त्यती धेरै मतदान होला जस्तो पनि देखिदैन।’ त्यहाँ बसेर खासै उपलब्धी हुने नदेखेपछि उनी सदरमुकाम फर्किएको एक कांग्रेसी कार्यकर्ताले बताए।

वहिस्कारको निति ल्याएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्यता रहेको थवाङमा चुनावी सरगर्मि नतातिनु र जनप्रतिनिधिले राजीनामा दिनुले मंसिर १४ को चुनाव र त्यसको परिणाममा त्यति असर गर्ने देखिदैन। निर्वाचित अध्यक्षलाई सदस्य बिनाको वडा संचालन गर्न सहज हुने छैन।

 

प्रकाशित: १० मंसिर २०७६ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App