८ वैशाख २०८१ शनिबार
खेल

सागमा सहभागी हुने खेलाडीहरुलाई विशेष सम्बोधन

काठमाडौं- नेपालमा आयोजना हुन लागेको १३औँ दशिक्षण एसियाली खेलकुद (साग)मा सहभागी खेलाडीहरुलाई विशेष सम्बोधन गरिएको छ। दक्षिण एसियाली सात राष्ट्रले सहभागिता जनाउने साग यहि मंसिर १५ देखी २४ गते सम्म आयोजना हुँदैछ। सागमा २६ खेल समावेश छन्। खेलका लागि विदेशबाट करिब ३ हजारभन्दा बढी खेलाडी र पदाधिकारी नेपालमा आउँदै छन्। सागका लागि भनेर प्रविधिक समितिले करिब २ हजार ३५ कर्मचार खटाउने निर्णय गरेको छ।

नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठले खेल र खेलाडीले राष्ट्रको पहिचान बनाउने भएकोले खेलमा कटिबद्ध भएर लाग्नु पर्ने बताए। उनले दक्षिण एसियाली खेलकुद नेपालमा ऐतिहासिक खेल हुन लागेको बताए। नेपालमा एसियाली खेलकुद आयोजना हुँदा सधै विषेश रहने गरेको र यो संस्करणमा पनि नेपालमा आयोजना हुने सागमा नेपाललाई विशेष सफलता मिल्ने उनको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागि खेलाडीलाई सम्बोधन गर्ने भनिए पनि स्वस्थ्यमा समस्या देखिएपछि अर्थ मन्त्री युवराज खतिवडाले सम्बोधन गरेका छन्। उनले खेलकुदलाई पनि संघीय संरचनामा लैजानु पर्नेमा जोड दिए। त्यसका लागि सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने उनले बताए। उनले एक विद्यालय एक खेल शिक्षक
नीति विस्तारै अवलम्बन हुँदै जाने पनि बताए। उनले भने,‘खेलकुदबाट राष्ट्रिय एकता बलियो हुने, खेलाडी र खेलकुद निकाय संकिर्ण सोचाइ भन्दा माथि उठेर काम गर्दा सबै सफलताप्राप्त हुनेछ।’

दक्षिण एसियामा राजनीति हावी भए पनि खेलले एउटै सूत्रमा बाध्न सफल भएको उनको भनाइ छ। उनले खेल पर्यटनले गर्दा भ्रमण वर्ष सफल पार्न सहयोग मिल्ने बताए। उनले सातै प्रदेशमा रंगशालामा निमार्णका लागि बजेट आइसकेको हुँदा काम पनि भइरहेको बताए।

त्यस्तै, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकमाले १३औं सागमा सहभागी खेलाडीलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भए पनि स्वास्थ प्रतिकुलता कारण उपस्थिति हुन नसकेको जानकारी दिए। उनले भलिबल खेलले सेन्ट्र जोनमा हात पारेको सफलता जस्तो साग र अन्य खेलले पनि सफलता हात पार्नेमा विश्वस्त रहेको बताए। उनले सागको तयारी पूरा भएको बताए। मंसिर १५ को उद्घाटन समारोह भव्य र सभ्य हुने उनको भनाइ छ।

सोही क्रममा नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गरेको छ। नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई आज आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनही ३ लाख रूपायाँको दरले सम्मानित गरेको हो।

१३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले ऐतिहासिक उपाधि जितेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको क्रममा च्याम्पियन टोलीका प्रत्येक सदस्यलाई जनही ३–३ लाख रुपैया उपलब्ध गराउन सरकारसँग पहल गरिने बताएका थिए।

सोही अनुसार नै सरकारले टोलीलाई नगदसहित सम्मानित गरेका हुन्। सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य छन्।

नेपालले कात्तिक २८ गते बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने क्रममा एकपक्षीय नतिजा निकालेको थियो। फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो। नेपाली टोली अहिले घरमै आयोजना हुने १३औं सागको तयारीमा रहेको छ।
 

 

प्रकाशित: १० मंसिर २०७६ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App