coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोजर प्रकरणः प्रतिवेदन बुझाउन ढिलाइ

बैतडी- गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाए पनि अहिलेसम्म प्रतिबेदन सार्वजनिक गरेको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समितिले ४८ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि एक महिना भन्दा बढी समय बित्दासमेत सार्वजनिक गरेको छैन। तोकिएको समयावधिभित्र प्रतिवेदन बुझाउन नसकिएपछी प्रतिवेदन बुझाउने म्याद ५ दिनका लागी थप गरिएको थियो। उक्त थपिएको म्यादमा पनि प्रतिवेदन तयार भएन।

छानबिन समिति गठन भए पश्चात् समितिले स्थलगत छलफल समेत गरेको थियो। छानबिन समितिले ३५ दिनसम्म पनि प्रतिवेदन नबुझाउँदा स्थानीयले आशंका पनि गर्न थालेका छन्। यसअघि कांग्रेसको केन्द्रिय छानबीन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्ष समेत निकालेको थियो। सडक निर्माण गर्दा दुई पक्षबिच झडप भएको थियो। झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो।

छानबिन समितिले गहन रुपमा सबैकुरा समेटनुपर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ। समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार प्रतिवेदन तयार भएकोले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए।

स्थलगत रुपमा दुबैपक्षसँग छलफल गरेको, वस्तुगत अवस्था, नगरपालिकासँग बुझेका छौं,’सहायक प्रजिअ ‘ पिडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भन्ने उच्च अदालतमा मुद्दा गरेकोले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ, त्यसको पनि समस्या समाधानतर्फ छ।’

डोजरकाण्डमा दोषी देखिएकाले कानुन अनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको छानबिन समितिले जनाएको छ। छानबीन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको राय सहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने ग्रामीण सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो।

महिला हुत्याउने चालक जेल चलान, चारजना धरौटीमा छुटे
जिल्ला अदालत बैतडीले सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिइएको हो। जिल्ला न्यायधिश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए।

यस्तै, चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ।

सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक शान्तिमा खलल् पुर्‍याएको कसुरमा मुद्दा दर्ता भएकोमा दुर्गादत्त पनि ४० हजार धरौटीमा छुटेका छन्। यस्तै चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयहरु भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटी रिहा गर्ने आदेश भएको छ।

सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा दर्ता भएकोमा दुर्गादत्त पनि ४० हजार धरौटीमा छुटेका छन्।

प्रकाशित: १० मंसिर २०७६ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App